Skip to content
LAXMI SUNRISE BANK

गौचन हत्यापछि गृहमन्त्री जनार्दन शर्माको मन्त्रीपद धरापमा !

अर्थ सरोकार

काठमाडौ – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि गृहमन्त्री जनार्दन शर्माको मन्त्रीपद धरापमा परेको छ ।
हत्याको बिरोध गर्दै व्यवसायीहरु आक्रोशित भएका छन् । उनीहरुले मिनभवनस्थित सिभिल अस्पताल बाहिर आन्दोलन गरेका छन्।
आक्राेशित व्यवसायीहरुले गृहमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। उनीहरुले दोषी पत्ता लगाएर सार्वजनिक गर्न माग गरेका छन्।
गौचनको शव पाेष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएकाे छ। यसका साथै निर्माण व्‍यावसायीहरुले दोषीलाई पक्राउ गरी कडा कारबाहीको माग गरेका छन् । उनिहरूले मंगलबारदेखि नै देशव्‍यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले दोषीलाई कानुनी कठघरामा उभ्‍याउनु पर्ने माग गरकेा छन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK