
काठमाडौँ – नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।
मंगलबारको संसद बैठकमा बोल्दै उनले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको सोमबार काठमाण्डुमा भएको हत्यामा गृह मन्त्रीको कमजोरी रहेको भन्दै सत्तारुढ नेपाली कांग्रेसकै सांसदले राजीनामा माग गरेका हुन् ।
राजधानीमा दिनदहाडै गौचनको हत्या हुनु गृहमन्त्रीको ठूलो कमजोरी रहेको भन्दै राजीनामा माग गरेका छन् । ‘यस्ता मन्त्रीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्भव छैन’ उनले भने । सांसद खतिवडाले हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्न नसक्ने गृहमन्त्रीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा शान्ति सुरक्षा दिन नसक्ने भन्दै राजीनामा माग गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्