Skip to content
LAXMI SUNRISE BANK

जुवा खेल्दाखेल्दै १४ लाखसहित समातिएका १० जनालाई एमाले नेता अधिकारीले किन छुटाए रातारात ?

अर्थ सरोकार

बिहिबार राती कास्कीकाे पुम्दी भुम्दी भ्यु प्वाइन्टबाट साढे १४ लाख रकमसहित समातिएका १० जना जुवाडेलाई एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद रबिन्द्र अधिकारीले रातारात छुटाएको खबर प्राप्त भएको छ । उनीहरूलाई राती १० बजे समातेर कास्की प्रहरीको हिरासतमा राखिएको थियो ।
यसअघि एक-डेढ लाख रूपियाँसहित पक्राउ परेका जुवाडेलाई मुद्दा चलाउने गरेका कास्की प्रमुख एसपी अशाेक सिँहललाई बिहीबार राती भ्यु प्वाइन्टस्थित सुर्य बरालकाे घरबाट समातिएका १० जुवाडे छोड्न नेता अधिकारीको दवाव दिएर रातारात छुटाएका छन् । पक्राउ गरिएकाहरूमा अधिकाँश पाेखराका प्रतिष्ठित उद्यागी र व्यापारीहरू रहेको बुझिएको छ।
राती साढे ११ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई अावश्यक कानुनी कारवाहीका लागि अस्पताल लगेर मेडिकल समेत गराइएका उनीहरुलाई अधिकारीकाे व्यापक दबाबपछि “सार्वजनिक बिदा सकिएकाे भोली बिहान ८ बजे उपस्थित हुने” गरी हिरासतमुक्त गरिएकाे छ । कास्की प्रहरीले भने उनीहरुलाई एमाले नेता रविन्द्र अधिकारीकाे राेहवरमा राती नै छाडिएकाे स्वीकार गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK