×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिरोका बाइक बेच्ने ‘लुटेरा’ व्यापारी, जनताको पसीना चुसेर यसरी मोटाउँदैछन् अभिक ज्योति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल जनरल मार्केटिङका मालिक अभिक ज्योतिले लुटको जगमै व्यापार चलाएको खुलासा भएको छ । देशको कानुनको धज्जी उडाउँदै कालोबजारी ऐनले भने विपरित नाफा असुलेर कम्पनीले जनता ठग्ने गरेको रहस्य खुलेको हो । नेपालको कालोबजारी सम्बन्धि कानुनले कुनै पनि समान बेच्दा २० % भन्दा बढी नाफा खान नपाउने स्पष्ट उल्लेख गरेको छ । तर यो कम्पनीका मालिकले आफु खुसी आफुले बेच्ने बाइकको मूल्य निराधरण गरेर जनता लुट्ने गरेको पाइएको छ । 
शेखर गोल्छापछी नेपालमा स्कुटर बेच्दा सबैभन्दा बढी जनता ठग्ने कम्पनीले बेच्ने हिरोको १२५ सिसी भएको सुपर स्प्लेन्डरमा ४३ प्रतिशत भन्दा बढी नाफा राखिएको छ । यता यहि कम्पनीले बेच्ने ग्ल्यामर बाइकमा पनि ४१ प्रतिशत भन्दा बढी नाफा राखिएको छ । कम्पनीले बेच्ने HDDFL DRS BS IV मोडलको १०० सीसीको बाइक कम्पनीले ११०३६९ मा किन्छ भने १५४००० मा बेच्छ । अर्थात एउटा बाइकमा ४३६३१ यानकी ३९.५३ प्रतिशत नाफा खान्छ । यस्तै Splendor B+ BS IV मोडलको १०० सीसीको बाइक कम्पनीले १६३५०० मा बेच्छ । यो बाइक कम्पनीले ११४११३ रुपैयाँमा किनेको हुन्छ । अर्थात यो बाइक बेच्दा कम्पनीले ४९३८७ रुपैयाँ नाफा खान्छ। 
यस्तै splendor PRO भेराइटीको १०० सीसीको बाइक बेच्दा कम्पनीले ३५२२२ रुपैयाँ नाफा खान्छ । यो बाइक १२६२७८ मा नेपाल भित्रिन्छ भने १६१५०० रुपैयाँमा कम्पनीले विक्री गरिरहेको छ । यता Super Splendor I3 BS IV मोडलको १२५ सीसीको बाइक कम्पनीले १८१००० मा बेच्छ जवकी यो बाइकको मूल्य १२६११६ मात्र हो । अर्थात कम्पनीले यो बाइक बेच्दा ५४८८४ रुपैयाँ नाफा खान्छ । यस्तै Glamour DSS BS IV मोडलको १२५ सीसीको बाइक बेच्दा कम्पनीले ५५३४० रुपैयाँ अर्थात ४१.५६ प्रतिशत नाफा खान्छ । यस्तै कम्पनीले Archiever DSS I3s BS IV मोडलको १५० सीसीको बाइक कम्पनीले १५०६२२ रुपैयाँमा किनेर २०७५०० बेच्छ अर्थात ५६८७८ अर्थात ३७.७६ प्रतिशत नाफा खान्छ । 
के भन्छ कम्पनी ?
यसबारेमा हामीले बुझ्न खोज्दा अभिक ज्योति हामीसँग सम्पर्कमा आउनै चाहेनन् । उनीसँग सम्पर्क नभएपछी हामीले यसबारे बुझ्न कम्पनीले कार्यालयमा फोन गर्यौं । तर हाम्रो प्रश्न सुन्ने बितिकै कम्पनीका कर्मचारीले फोन राखिन् । यी तीनै व्यापारी मध्ये एक हुन् जसलाई पनि हालका आपूर्तिमन्त्रीले छुन सक्दैनन् । यद्यपी यसबारे हामीले आपूर्तिमन्त्री शिवकुमार मण्डललाई सोध्दा यसबारे आफुले पनि सुनेको र आधिकारीक सुचना लिएर अनुगमनमा पठाउने बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: