Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी पूजाकै दिन करिश्माले बाबुराम खोजेपछि…

अर्थ सरोकार

काठमाडौँ – दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा बुधबार प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कलाकार सीताराम कट्टेल (धुर्मस), मनोज गजुरेल, शैलेन्द्र सिंखडा, शिशिर योगी र प्रकाश गन्ध्रर्व लगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए ।
प्रकाश गन्ध्रर्वले यस्तो गितमा व्यंग्य दिए

ए बरै,
दसीधाराले नरोए आमा
देश बाँचे पठाउँला तस्वीरै खिचेर
कस्तो छिमेकी पर्‍यो नि
विकास हुनै दिँदैन हजुर
हे बरै

जनताले सोध्लान् नि खोई विकास भन्लान् रनमा पर्‍यो भन्दिए
वीपीले सोध्लान् नी खोई कांग्रेस भन्लान् घेरामा परे भन्दिए
मदनले सोध्लान् खोई जबज भन्लान् प्रचण्डलाई सोध भन्दिए
शहिदले सोध्लान् खोई माओवाद भन्लान्, टोपी झिक भन्दिए
कमलले सोध्लान् नि खोई कोमल भन्लान्, ओलीले लगे भन्दिए
करिश्माले सोध्लिन् नि खोई बाबुराम भन्लिन्, मया मार भन्दिए

हे बरै
तिलाठीको बजारमा चार पैसाको लाहा छैन
जंगे पिलर वरवर सर्दा सरकारमा बस्नेलाई थाहा छैन
सिसै काट्यो नि गोलीले
गर्लान् त केही प्रचण्ड ओलीले 
– काठमाडौँ  टुडे 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK