×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलात्कारको अभियोग लागेका पत्रकार कोइरालाको केस प्रमाणित भएन !

PRIME CA
GLOBAL IME BANK

बलात्कारको अभियोग लागेका पत्रकार कोइरालाको केस प्रमाणित भएन !

५ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जेल पुर्याइएका पत्रकार केदार कोइरालाको केस प्रमाणित नभएको खबर प्राप्त भएको छ । पत्रकार कोइरालाले करिब तीन वर्षदेखि ती बालिकालाई लगातार बलात्कार गर्दै आएको भन्दै उनीमाथि मुद्दा दायर भएको थियो ।
बलात्कारबाट पीडित ती बालिका गर्भवती भएपछि उक्त घटना सार्वजनिक भएको बताइएको थियो । तर गर्भमा हुर्किएको बच्चा पत्रकार कोइरालाको नभएको स्पष्ट भएको उनी निकट पत्रकारहरुले सामाजिक संजालमा पोष्ट गरेका छन् ।  पीडित भनिएका बालिकाले आफ्ना नातेदारको सहयोगमा सिविन नामक संस्थामार्फत महानगरीय प्रहरी वृत बानेश्वरमा किटानी दिएपछि पत्रकार कोइरालालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो । 
यसो त अनुसन्धानका क्रममा कोइरालाले बलात्कार गरेको पुष्टि भएको एक प्रहरी अधिकारीले बताएका थिए । तर अहिले आएर उक्त केस प्रमाणित नभएको थाहा भएको छ । यसको अन्तिम फैसला भने आउन बाँकी छ । कोइराला निकट पत्रकार तथा माउन्टेन टेलिभिजनका समाचार प्रमुख सुनील दाहालले आफ्नो फेसबुकमा संचारकर्मी कोरालाको केस प्रमाणित नभएको जानकारी दिएका छन् ।
घटनाबारे थप विवरण आऊँन बाँकी छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: