×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् खुमबहादुरका शत्रु, यसरी बनेको थियो खतरनाक हत्या योजना

LAXMI SUNRISE BANK

यी हुन् खुमबहादुरका शत्रु, यसरी बनेको थियो खतरनाक हत्या योजना

९ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनका बेला नेपाली कांग्रेसलाई हराउन ठूलो भूमिका खेलेका दाङ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनकृष्ण सापकोटा गृह सचिव बनेका छन् । बागलुङ जिल्ला स्थायी घर भएका सापकोटाले माओवादीको इच्छा बमोजिम पहिलो संविधानसभाका बेला दाङमा काम गरेका थिए ।
अहिले उनै सापकोटालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह सचिव बनाएका छन् । सापकोटालाई देउवाले काखी च्यापेका छन् । सापकोटाले पहिलो संविधानसभाका बेला देउखुरीको लमहीस्थित रातोमाटा डाँडामा भएको घटनामा कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्कालाई सुरक्षा दिएका थिएनन् । माओवादीको पछाडि लागेर सापकोटाले खड्काविरुद्ध रिपोर्ट तयार पारेर केन्द्रमा पठाएका थिए । जसका कारण कांग्रेस नेता खड्का दाङ क्षेत्र नं. १ लाई छाडेर नेपालगञ्ज जानु परेको थियो ।
आफ्नो ज्यान जोगाउनका लागि खड्काले आफ्नो सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई गुहार्नु परेको थियो । त्यति मात्रै होइन खड्काको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूलाई उनै सापकोटाले माओवादीका कार्यकर्ता र क्यान्टोनमेन्टका लडाकुमाथि गोली नचलाउनु भनेर आदेश दिएका थिए । फलस्वरुप बाध्य भएर नेता खड्का आफैले गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मी र माओवादीका कार्यकर्ताबीच झडप भयो । सात जना माओवादीको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा पाँच जना क्यान्टोनमेन्टका लडाकु थिए । दुई जना माओवादीका कार्यकर्ता थिए । सो घटना भएपछि तत्कालीन अनमिन प्रमुख इयान मार्टिन लमही पुगेर अनुगमन गरेका थिए । माओवादीको ठाडो आदेशमा अहिलेका गृह सचिव सापकोटाले क्यान्टेनमेन्टका लडाकुहरूको परिचय लुकाएर माओवादी कार्यकर्ता मात्रै भएको रिपोर्ट दिएका थिए । अहिले उनै सापकोटालाई प्रधानमन्त्री देउवाले गृह सचिव बनाएका छन् । उनी कांग्रेसभन्दा पनि माओवादीप्रति बफादार रहेको माओवादीका एक पूर्व मन्त्री बताउँछन् ।
कांग्रेसको विपक्षमा खुलेर लागेका उनै सापकोटा अहिले गृह सचिव बनेका छन् । सापकोटा माओवादीप्रति बफादार छन् । सापकोटालाई गृहसचिवबाट हटाएर अर्को उपयुक्त सचिवलाई नियुक्त गर्न देउवालाई दबाब परेको छ । यस विषयमा कांग्रेसभित्र कुरासमेत उठिसकेको छ । यस्ता व्यक्तिले मुलुकमा कहिल्यै पनि लोकतन्त्र बलियो हुन दिँदैन भन्ने मान्यता कांग्रेस प्रभावशाली नेता खड्काको छ ।
यसरी बनेको थियो नेता खड्काको हत्या योजना
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि संविधानसभाको निर्वाचन गर्ने सहमति भयो । त्यसबेला गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए । संविधानसभाको पहिलो निर्वाचन हुँदै थियो । नेपाली कांग्रेसले दाङ क्षेत्र नं. १ मा प्रभावशाली नेता खुमबहादुर खड्कालाई टिकट दिएको थियो । खड्काले जोडतोडले प्रचास–प्रसार गरिरहेका थिए ।
खड्का उम्मेदवार बनेको क्षेत्रमा माओवादीले इन्द्रजित चौधरीलाई टिकट दिएको थियो । खड्काको अगाडि चौधरी निरिह थिए । गृहमन्त्री सिटौला र माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको गोप्य बैठक केन्द्रमा बस्यो । गोप्य बैठकमा खड्कालाई हराउने मात्रै होइन हत्या नै गर्ने योजना बन्यो । खुमबहादुर खड्काको बढ्दो राजनीतिक यात्राबाट सिटौला सशंकित थिए । अहिले पनि खड्काको राजनीतिक दब्दबाबाट सिटौला डराउँछन् ।
चुनावी कार्यक्रममा सहभागी भएर नेता खड्का गोबरडिहाबाट लमही हुँदै सत्बरियारस्थित निवास जाँदै थिए । रातिको समय थियो । खड्कालाई बाटो छेकेर माओवादीका कार्यकर्ता र क्यान्टोनमेन्टका लडाकुहरू रातोमाटा डाँडामा बसेका थिए । खड्का सवार गाडी आउनेवित्तिकै माओवादीले आक्रमण गरे । त्यसपछि सुरु भयो भिडन्त । माओवादीले सोही बेला नै खड्काको हत्या गर्ने योजना बनाएका थिए । तर, खड्काको हिम्मत, साहस र बहादुरी तथा साथमा रहेका सुरक्षाकर्मीका कारण ज्यान जोगाएर त्यहाँबाट निस्किएका थिए खड्का ।
खड्का त निस्किए नै, त्यसको ठूलो क्षति माओवादीलाई भयो । माओवादीले क्यान्टोन्मेन्टका पाँच लडाकुसहित सात जना गुमाउनु प-यो ।
घटना हुनेवित्तिकै खड्काले तत्कालीन प्रधानमन्त्री कोइराला र सिटौलालाई तत्काल फोन गरे । तर, कोइराला र सिटौलाले जे भयो–भयो छाडिदिनुस् खुमबहादुरजी भनेर फोन काटिदिए ।
आफूलाई माओवादीबाट सुरक्षा थ्रेट भएको र कतैबाट सुरक्षा नपाएपछि खड्का रातारात नेपालगञ्ज पुगे । अर्को दिन पत्रकार सम्मेलन गरेर कार्यकर्ताको रक्षाका लागि आफू निर्वाचनमा भाग नलिने घोषणा गरी खड्का राजधानी फर्किए । यदि खड्काले त्यतिखेर निर्वाचनमा भाग लिएको भए माओवादीले कांग्रेसका धेरै कार्यकर्ताको ज्यान लिने थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी