
काठमाडौँ – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पार्टीले फिर्ता बोलाए सरकारमा एक मिनेट नवस्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई दिएको समर्थन कायमै रहेको बताए ।
माओवादी केन्द्रले सरकार छोड्ने तयारी गरिरहेकै बेला महराले पत्रकार सम्मेलन गरेका हुन् । सरकारबाट बाहिरिने कुनै निर्णय नभएको बताउँदै उनले पार्टी र सरकारको ध्यान प्रदेश र प्रतिनिधि सभा निर्वाचन सफल बनाउने तर्फ रहेको बताए ।
प्रधानमन्त्रीले कार्यविभाजन हेरफेर गर्ने के गर्नुहुन्छ भन्ने प्रश्नमा महराले हेरफेर भयो भने मात्र त्यसबारे निर्णय लिने बताए ।
मंगलबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको थियो । भेट पछि माओवादीले सरकारबाट बाहिरिने निर्णय गरिसकेको स्रोतले बताएको छ । तर, महराले भने सरकारबाट बाहिरिने कुरा स्पष्ट रुपमा बताउन सकेनन् । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्