
काठमाडौँ – उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो कार्यकक्ष छाडेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुलाई हटाउने तयारी गरिरहेका बेला महराले आइतबार मध्यान्न कार्यकक्ष छाडेका हुन् ।
उनले आफ्ना सरसामान प्याक गरेर लगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराएपछि शुक्रबार माओवादी केन्द्रको बैठक बसेको थियो । तर, उसले आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री देउवाले शुक्रबार नै संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका मन्त्री हटाउने संकेत गरेका थिए । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्