
गोदावरी नगरपालिका-२ अत्तरिया बजारछेउ बस्ने एक व्यक्तिले नाबालक छोराको हत्या गरी आत्महत्या गरेका छन्। ४१ वर्षीय विषेश्वर जोशीले ८ वर्षीय छोरा आरबको हत्या गरी झुन्डिएर आत्महत्या गरेको कैलाली जिल्ला प्रहरीले जनाएको छ। उनले श्रीमती भाइटीकाका लागि विराटनगरस्थित माइतीघर गएका बेला बुधबार साँझ छोराको हत्या गरी आत्महत्या गरेका हुन्।
प्रहरीले उनको साथबाट सुसाइट नोट फेला पारेको छ। उनले धेरै ऋण परेको र तिर्न सक्ने अवस्था नभएकाले आत्महत्या गरेको उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए।
आफूले लिएको ऋणले छोरोले भविष्यमा दुःख नपाओस् भनेर हत्या गरेको पनि सुसाइट नोटमा लेखिएको पाण्डेले बताए। जोशीले अत्तरियामा मदिरा पसल गर्दै आएका थिए।
एकाबिहानै उठेर वरिपरि डुल्ने आरबलाई नदेखेपछि छिमेकीले उनको खोजी गरेका थिए। प्रहरीले बिहीबार बिहान ढोका तोडेर हेर्दा बालकको सिरानीले नाक–मुख च्यापेर हत्या गरेको अनि त्यसपछि बाहिरको कोठामा पंखामा झुन्डिएको अवस्थामा जोशीको शव फेला पारेको थियो। मृतककी पत्नी अजिता आएपछि मात्र पोस्टमार्टम हुने प्रहरीले जनाएको छ। धनगढीबाट शिवराज भट्टले अन्नपुर्ण पोस्टमा समाचार लेखेका छन्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्