
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वासपात्र भनेर चिनिएका दुई केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय डिना र सीता गुरूङ पार्टीभित्र र बाहिरको चौतर्फी बिरोधपछि अन्ततः प्रत्यक्षतर्फ उम्मेदवार हुने भएका छन् ।
सभापति देउवाका विश्वास पात्रको रूपमा काम गर्दै आएका उपाध्याय र गुरूङ पार्टीले गत असोज २९ गते निर्वाचन आयोगमा दर्ता गरेको समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेस गरेको थियो । दुवै नेत्री दुई पटक संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फको सांसद भइसकेको अवस्थामा पुन उनीहरूलाई यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा समेतसमानुपातिकमा नाम राखेको भनेर आलोचना भएको थियो । कांग्रेस केन्द्रीय कार्य समिति बैठकले अघिल्लो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद सदस्य भएका अपवाद बाहेकलाई दोहो¥याएर समानुपातिकतर्फको उम्मेदवार नबनाउने निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय कार्यसमितिले गरेको निर्णयविपरित अपबाद भन्ने शब्द राखेको भन्दै पार्टीको पौडेल गुटका नेताहरूले सभापति देउवाको आलोचना गरेका थिए । आफ्ना अनुचर र मनपरेकालाई समानुपातिकमा राखेर पुन सांसद पद उपहार दिन लागेको भन्दै पौडेल समूहका नेताले आलोचना गरेका थिए । सभापति देउवालाइ रिझाएर उपाध्याय र गुरूङले पुन समानुपातिकमा नाम राख्न सफल भएपछि यसको चौतर्फी आलोचना भएको थियो ।
सभापति देउवाले पार्टीमा लामो समयदेखि योगदान दिएका पाका नेता कूलबहादुर गुरूङ र कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला (जो क्यान्सरको उपचारपछि आराम गरिरहेकी छन्) लाई मानविय हिसावले समेत पुन समानुपातिकमा राख्नु पर्ने भन्दै समानुपातिकतर्फबाट अघिल्लो संविधानसभामा सांसद भएका अपबादबाहेकलाई भनेर शब्दा राख्नु परेको कारण जनाएका थिए ।
पार्टी केन्द्रीय कार्यसमितिले गरेको निर्णयको अपव्याख्या गर्दै दुवै महिलालाई समानुपातिकमा दोहो¥याउन हुन्न भन्ने मत आएपछि अन्तत देउवाले गुरूङको नाम समानुपातिक सूचीबाट हटाएर तेह्रथुममा प्रतिनिधिसभातर्फको प्रत्यक्षतर्फ उठाउने योजना बनाएका छन् । गृह जिल्ला तेह्रथुम भएकी गुरूङ मृदुभाषी, चर्चित र लोकप्रीय नेताको रूपमा जिल्लामा पहिचान बनाएकी छन् ।
अर्की नेतृ उपाध्यायको नाम पनि समानुपातिकको बन्दसूचीबाट हटाएर मकवानपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार बनाईने भएको छ । कांग्रेसले आयोगमा आइतबार बुझाएको पार्टीको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचिबाट गुरूङ, उपाध्याय, देउवापत्नी आरजु राणा देउवाको नाम पनि हटाइएको छ । राणाले कैलालीको क्षेत्र नम्वर ५ बाट उम्मेदवारी दिने भएकी छन् ।
समानुपातिकमा नाम समावेस भएकी बालकृष्ण खाँडकी श्रीमती मञ्चु खाँडको नाम समानुपातिकको बन्दसूचीमा महिलातर्फको पछाडि राखेको भन्दै कांग्रेसको संसदीय बोर्डका सदस्य तथा मञ्जुका श्रीमान बालकृष्ण खाँडले बबाल गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्