×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माधव नेपाल पक्ष सिफारिसमै नपरेपछि एमाले कास्कीमा भाँडभैलो, स्थायी समितिमा उजुरी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माधव नेपाल पक्ष सिफारिसमै नपरेपछि एमाले कास्कीमा भाँडभैलो, स्थायी समितिमा उजुरी

Artha Sarokar

१३ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

उम्मेदवार मनोनयनमा एकपक्षीय भएको भन्दै कास्की एमालेमा अन्तरविरोध देखिन थालेको छ । एमालेभित्रै एक खेमालाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै एमाले स्थायी कमिटिमा उजुरी परेको छ ।
कास्कीबाट वरिष्ठ नेता माधव नेपालपक्ष सिफारिसमै परेको छैन । प्रदेशसभाका आकांक्षी एमालेका पूराना नेता श्रीनाथ बराल, प्रतिनिधी सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुल बहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु बनबासी र पूण्य पौडेलले छुट्टाछुट्टै उजुरी केन्द्रिय कमिटिमा पठाएका हुन् । प्रदेश कमिटि हुँदै सीधै केन्द्रमा उजुरी दर्ता गरेको नेताहरुले बताएका छन् ।
एमाले कास्कीले प्रजातान्त्रिक प्रणाली अनुसार उम्मेदवार सिफारिस गरेको भनेपनि नेपाल पक्षले भने षड्यन्त्रपूर्वक आफुहरुलाई पाखा पारिएको आरोप लगाएका छन् । ‘पार्टीभित्रको सत्ताको चरम दुरुपयोग भएको छ । षड्यन्त्रपूर्वक हामीलाई पाखा पारियो ‘, एक नेताले भने ‘ संस्थापन पक्ष विरुद्ध हामीले उजुरी दर्ता गरेका छौं । यो पद्धतीले पार्टीलाई नै घाटा हुनेछ ।’
सुरुमा सर्वसम्मत गर्ने भनिएपनि अन्तिम समयमा अनपेक्षित रुपले भोटिङ गरिएको असन्तुष्ट ती नेताको गुनासो छ । पार्टीको एउटा खेमालाई निषेध गर्नकै लागि वहानाबाजी गरिएको असन्तुष्टहरु बताउँछन् । एमालेभित्र श्रीनाथ बराल, सीता गिरी वली, तुलबहादुर गुरुङ र विजयबाबु बनबासी नेपाल पक्षका मानिन्छन् भने पूण्य पौडेल बामदेव पक्षका रुपमा चिनिन्छन् ।
गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको भन्दै एमालेभित्र भुसको आगो सल्किएको छ ।उम्मेदवार सिफारिस भोटिङ मार्फत गरिएको भनिएपनि आफु चुनावी प्रक्रियामा सहभागी नै नभएको सांसद वलीले बताएकी छिन् ।
अर्का सांसद तुल बहादुर गुरुङले असहमति जनाउँदा जनाउँदै संस्थापन पक्षले अटेर गरेको आरोप लगाए । उम्मेदवार सिफारिसकै दिन वली र गुरुङले निवेदन दिएर निर्णय सच्याउन माग गरेका थिए । तर निवेदनको सुनुवाई नभएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
‘नियोजित रुपमै एउटा विचार समुहलाई निषेध गरिएको छ ‘, नेता गुरुङले भने ‘ यो सरासर गल्ती हो । पार्टीको निर्णय प्रजातान्त्रीक हिसावले कार्यान्वयन गरिनुपर्छ ।’
एमाले कास्कीले भने निर्वाचनको परिणाम नै केन्द्रमा पठाएको बताएको छ । ‘केन्द्रले कम्तिमा एक महिला सहित ३/३ जनाको नाम पठाउन निर्देशन गरेको थियो । हामीले त्यही निर्देशन पालना गरेका हौं ‘, एक नेताले भने–’आकार घटाउन भोटिङ गर्नुपर्ने बाध्यता भयो । त्यसले राम्रा नेताहरु पनि पछि पर्नुभयो ।’
सबै नेताहरु भोटिङबाट पराजीत भएका सिफारिस समितिले जनाएको छ । ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पुर्‍याएको एमाले नेताहरु नै बताउँछन् । स्थानीय तहको चुनावमा पनि नेपाल पक्षधर नेताहरु मतदान प्रक्रियाबाट पराजीत भएका थिए ।
बराल प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (ख), बनबासी क्षेत्र नम्बर १ (क), गुरुङ क्षेत्र नम्बर २ (क), पौडेल क्षेत्र नम्बर ३ (ख) र वली प्रतिनिधीसभा सदस्य क्षेत्र नम्बर ३ का आकांक्षी थिए । एमालेले प्रतिनिधीसभा र प्रदेशसभा सदस्यका लागि सबै क्षेत्रका उम्मेदवार भोटिङमार्फत टुंग्याएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी