Skip to content
LAXMI SUNRISE BANK

देउवाले चुनाव सार्ने प्लान बनाएपछि माओवादीले तत्काल सरकार नछोड्ने

अर्थ सरोकार

काठमाडौँ  – गृहमन्त्री जनार्दन शर्माले माओवादी तत्काल सरकारबाट बाहिरिने सम्भावना नरहेको बताएका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले निर्वाचन सार्ने तयारी गरेको भन्दै उनले भने, ‘ सरकारले निर्वाचन सार्न प्रपन्च गरिरहेको जानकारी हामीले निर्वाचन आयोगबाट थाहा पायौं त्यसैले सरकारबाट बाहिरिने बारे पार्टी अध्यक्षले ड्राफ्ट तयार पारेर छलफल गरिरँदा आयोगबाट यस्तो सूचना आएको हो ।’
गृहमन्त्री शर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूले पार्टी अध्यक्षले सरकारको नाममा लेखेको पत्र पाएको तर, आयोगबाट आएको सूचना लगत्तै अर्कै निर्णय भएकाले तत्काल सरकार नछोड्ने निर्णयमा पुगेको बताएका हुन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK