×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः दीपक मनाङे एमालेका अघोषित उम्मेदवार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अन्ततः दीपक मनाङे एमालेका अघोषित उम्मेदवार

Artha Sarokar

८ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मनाङ – मनाङबाट नेकपा एमालेले गुण्डा नाइके दीपक मनाङेलाई उम्मेदवार बनाएपछि ब्यापक आलोचना भयो । एमाले नेताहरुले ‘दीपक मनाङेलाई चिनिएन’ भन्दै अर्को उम्मेदवार खडा गरे ।
खण्डा लामा एमाले मनाङको आधिकारीक उम्मेदवार भनी चर्चा भएसँगै जिल्लामा प्रभावशाली मानिएका मनाङे बागी उम्मेदवार भए । र उनले पार्टीलाई नै दबाव दिएपछि अन्ततः एमालेका नेताहरुले आफ्नै उम्मेदवार खण्डालाई फिर्ता लिन लगाएका छन् ।
यसरी नेकपा एमालेले चलाखीपूर्ण रुपमा गुण्डा नाइके दीपक मनाङेलाई नै मनाङको उम्मेदवार बनाएको छ । रोचक त के भने, एमालेको आधिकारीक उम्मेदवार खण्डा लामा नै अहिले दीपकको चुनावी प्रचारमा हिँडेकी छिन् ।
राप्रपामा संगठित दीपक मनाङे केहीअघि मात्रै ठूलो समुहको नेतृत्व गर्दै एमालेमा प्रवेश गरेका थिए । खण्डा लामा पनि त्यही समुहमा आएकी नवएमाले हुन् ।
मनाङमा पछिल्लो समय बौरिँदै गरेको एमाले कमिटी उनै दीपक मनाङेले बौराउन सक्ने बुझाइ एमाले पंक्तिमा थियो । सोही अनुसार उनलाई टिकट दिइएको थियो । जब टिकट फिर्ता मागियो त्यसपछि बाँकी रहेको पार्टीको संगठन पनि कमजोर हुने देखिएपछि एमालेले चलाखी गर्दै मनाङेलाई अघोषित रुपमा उम्मेदवार बनाएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी