×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : एमालेसँग एकता हुनुअघि माओवादी फुट्दै, एक दर्जन केन्द्रीय नेतासहितको नयाँ पार्टीको घोषणा हुँदै !

काठमाडौँ- नेकपा एमालेसँग पार्टी एकिकरणको तयारी भइरहेका बेला माओवादी केन्द्र एकता पूर्व नै फुट्ने भएको छ । माओवादीका करिव १ दर्जन केन्द्रीय स्तरका नेता छुट्टीएर छुट्टै पार्टी गठन गर्न लागेका हुन् । उनीहरुको अलावा माओवादीका १ दर्जन बढी केन्द्रीय स्तरका नेता पनि नयाँ पार्टीमा जाने बुझिएको छ । एमालेसँग माओवादी पार्टी बिलय हुने कुरा स्वीकार्य नहुने भन्दै उनीहरु नयाँ पार्टीको तयारीमा लागेका हुन् ।
यता माओवादी निकट शिक्षक संगठन, वाईसीएल, विद्यार्थी संगठन, मजदुर संगठन लगायतका सबैजसो संगठनभित्र एमालेसँग मिल्ने कुराको चरम विरोध भइरहेको बुझिएको छ । माओवादीका एक नेताले दिएको जानकारी अनुसार १ दर्जन केन्द्रीय नेतासहितको पार्टी घोषणा हुँदैछ । ‘हामी माओवादीलाई पुनार्गठन गर्दैछौं । एमालेसँग बिलय हुने कुरा किमार्थ स्वीकार्य हुँदैन ।’ उनले भने ।
‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु,’ यता माओवादी नेता गोपाल किरातीले भने ‘माओवादी भनेको छुट्टै पार्टी हो र एमाले भनेको छुट्टै । यिनीहरुको न सिधान्त मिल्छ, न विचार । प्रचण्डले भनेर मात्र कहाँ हुन्छ र ? माओवादीलाई एमालेमा विलय गर्ने कुरा स्वीकार्य हुँदैन, म विद्रोह गर्छु ।’ उनका अनुसार एमालेसंग एकता भन्दा पनि एमालेमा बिलिन हुने खेल भइरहेको छ । ‘पहिचान माओवादीले उठाएको मुद्दा हो, एमालेसँग एकता गरेपछि यो मुद्दा के हुन्छ ? मैले यो प्रश्न प्रचण्डलाई पनि गरेको हुँ’ किराँतीले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: