
पोखरा– मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी संसदीय तथा प्रदेश सभा निर्वाचनमा भाग लिने भनी गरेको प्रस्ताव आफ्नै कार्यकर्ताले ठाडो अस्वीकार गरेका छन्।
असोज २२ गतेदेखि पोखरामा जारी वैद्य माओवादीको राष्ट्रिय सम्मेलनमा बुधबार वैद्यले प्रतिनिधि पर्यवेक्षकको सुझाव विपरित निर्वाचनको उपयोग गर्नुपर्ने सुझाव राखेपछि प्रतिनिधि पर्यवेक्षकहरुले अस्वीकार गरेको सम्मेलनमा सहभागी एक प्रतिनिधिले बताए ।
सहभागीकाअनुसार अघिल्लो निर्वाचन बहिष्कार गरे पनि भोट बिक्री भएको उल्लेख गर्दै वैद्यले निर्वाचन बहिष्कार गरिए पनि भोट एक न एकतिर जाने भन्दै कार्यकर्तालाई आश्वस्त पार्न खोजेका थिए ।
वैद्यले रुपचन्द्र विष्टले जस्तै चुनावी पर्चासमेत बिक्री गरेर आर्थिक जुटाउनसमेत सुझाए । ‘रुपचन्द्र विष्टले पर्चा बेचेर चुनावको प्रचार गर्न लगाए’, वैद्यलाई उद्धृत गर्दै सहभागी प्रतिनिधिले भने, ‘रुपचन्द्रले एक एक मोहर लिएर पर्चा बिक्री गर्नु हुन्थ्यो ।’ – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्