
गृह मन्त्रालयले डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको जनाएको छ। यस बारे उसले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई जानकारी गराएको छ ।
गृहको पत्र प्राप्त हुनासाथ सिआइबीले प्रहरी प्रधान कार्यालयलाई सिलवालको राजीनामा प्राप्त भएको जानकारी आएको भन्दै आवश्यक कार्यार्थको लागि हेडक्वाटरलाई जानकारी दिएको छ।
सिआइबीमा निर्देशक हुदाँ गृह मन्त्रालयमा सिलवालले राजीनामा दिएपछि गृहले सिआइबीलाई राजीनामा स्वीकृत भएको जानकारी दिएको हो।
आइजिपी बढुवामा असन्तुष्ट जनाउँदै सिलवालले गत भदौं १८ गते राजीनामा दिएका थिए। लामो समयसम्म राजीनामा स्वीकृत नभएपछि उनले फेरि असोज २० गते राजीनामा स्वीकृतीका लागि गृह मन्त्रीलाई निवेदन दिएका थिए।
प्रहरी सेवा छाडेर सिलवाल राजनीतिमा लागेका छन्। एमाले प्रवेश गरेका उनी आगामी निर्वाचनमा ललितपुरबाट चुनाव उठ्दैछन्।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्