×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन

३१ आश्विन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चिनीयाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई तीन जहाज अब साँच्चिकै घाँडो भएका छन् । निगमले १७ सिट क्षमताका दुइृथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात राजीनामा दिए पछि जहाज थन्किने निश्चित भएको छ ।
त्यसअघि यही जहाजका प्रशिक्षक पाइलट आङनुरी शेर्पाले पनि राजीनामा दिए । त्यस्तै एक वरिष्ठ क्याप्टेन नेपेन्द्र भट्टराईलाई निगम व्यवस्थापनले बर्खास्त गर्यो ।निगमका एक उच्च अधिकारीका अनुसार, वरिष्ठ क्याप्टेनहरु सञ्जयबादे श्रेष्ठ र अनिशमान शाक्यले १७ सिटे चिनीयाँ जहाज ‘वाई१२-ई’ को क्षमता चित्त नबुझेको र अन्तराष्ट्रिय उडान गने ठूला जहाज बडाउने बाटो पनि नखुलेको भन्दै राजीनामा दिएका छन् ।
उनीहरुको राजीनामा स्वीकृत भने भइसकेको छैन । आजको नागरिकमा यो खबर छ ।अब ती चिनीयाँ जहाज उडाउन निगमसँग एकजना मात्र क्याप्टेन बाँकी छन् उद्धव घिमिरे । एक मात्र क्याप्टेनले एउटा जहाज उडाएपछि अर्को जहाज उडाउने क्याप्टेन हुँदैनन्, अनि तालिका भए पनि जहाज थन्किन्छ । 

क्याप्टेन भट्टराईलाई सर्वोच्चले काममा फर्कायो 
नेपाल वायुसेवा निगमले भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको वरिष्ठ क्यप्टेन नृपेन्द्र भट्टराईलाई सर्र्वोच्च अदालतले काममा फर्काएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी