
काठमाडौँ – आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीबीच तालमेल गर्न छलफल भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे निवासमा आज बिजुक्छे र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच दुई पार्टीबीच चुनावी तालमेल गर्नेबारे करिब एक घण्टा छलफल भएको हो।
अध्यक्ष बिजुक्छेलाई नेता निधिले आसन्न निर्वाचनमा लोकतान्त्रिक गठबन्धनसँग मिलेर चुनावी तालमेल गर्न आग्रह गरेका बताइएको छ । भेटवार्तापछि अध्यक्ष बिजुक्छेले भने,‘हामीले आफ्नो कुरा राखेका छौं, उहाँले पार्टी सभापतिसँग कुरा गरेपछि त्यहीअनुसार अगाडि बढ्छौँ भन्नुभएको छ।’ बिजुक्छेले एमालेलाई भाइ कांग्रेसको संज्ञा दिँदै एमाले वाम पार्टी नभएको र कांग्रेस पनि सच्चा कांग्रेस नभएको भन्दै दुवै गठबन्धनसँग चुनावी तालमेल नहुने बताए।
‘वाम गठबन्धन न वामपन्थी हो, न त कांग्रेस नै सच्चा कांग्रेस हो, त्यसैले दुवै गठबन्धनसँग नेमकिपा चुनावी तालमेल गर्दैन’, बिजुक्छेले भने,‘माओवादी सरकार पनि छ, प्रतिपक्षसँग गठबन्धन पनि गर्दैछ, एमालेले सदनमा कहिल्यै वामपन्थीको भूमिका निर्वाह गरेन।’ वर्ग र सिद्धान्त नमिल्ने गठबन्धनसँग तालमेल नगरी नेमकिपा एक्लै चुनाव लड्ने बताउँदै उनले राम्रो उम्मेदवार दिन र पैसा नबाँड्न निधिलाई सुझाव दिएको बताए।
आगामी निर्वाचनमा गुण्डागर्दी र पैसा बाँडेर भोट किन्ने प्रचलनलाई रोकेर पार्टीहरुबीच घोषणा पत्रको लडाइँ हुनुपर्ने बिजुक्छेको भनाइ थियो। कांग्रेस नेता निधिले नेमकिपासँग निर्वाचनका बारेमा रहेको धारणा बुझ्न र छलफल गर्न आएको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्