Skip to content
LAXMI SUNRISE BANK

बिजुक्छेबिरुद्ध बाम गठबन्धनले उम्मेदवारी नदिने, १० ठाउँमा स्वतन्त्रलाई सघाउने

अर्थ सरोकार

काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेविरुद्ध उम्मेदवारी नदिने भएको छ।एमाले र माओवादीको एकता संयोजन समितिले शनिबार सिटको बाँडफाँड गर्दा १० ठाउँमा ‘स्वतन्त्र’ उम्मेदवारलाई सघाउने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए।
‘हामीले १० ठाउँमा स्वतन्त्र (अन्य पार्टी)का उम्मेदवारलाई सघाउने निर्णय गरेका छौं, त्यसमध्ये भक्तपुरमा बिजुक्क्षेजीलाई हाम्रो समर्थन हुन्छ,’ नेता पाण्डेले भने। यसअघि वाम गठबन्धन र नेपाली कांग्रेस दुबैले भक्तपुरमा नेमकिपासँग चुनावी तालमेलको लागि प्रयास गरेका थिए।
नेकपा एमाले भक्तपुरले औपचारिक रूपमै नेमकिपालाई चुनावी तालमेलका लागि आह्वान गरेको थियो। तर वाम गठबन्धन भारतपरस्त भएको भन्दै नेमकिपाले त्यो प्रस्तावलाई अस्वीकार गरिदिएको थियो।
भक्तपुरमा बलियो पकड भएको नेमकिपालाई आफ्नो गठबन्धनमा आउन नेपाली कांग्रेसले पनि प्रयास गरेको थियो। कांग्रेस नेता विमलेन्द्र निधि चुनावी तालमेलको प्रस्ताव लिएर बिजुक्क्षे निवासमै पुगेका थिए। नेमकिपा नेता प्रेम सुवालका अनुसार बिजुक्क्षेले निधिलाई कांग्रेसँग आफ्नो सिद्धान्त फरक पर्ने भएकाले तालमेल गर्न नसकिने जवाफ फर्काएका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK