
काठमाडौं- शुक्रबार औपरचिक रुपमा एमाले बनिसकेका पूर्व डिआइजी नवराज सिलवाललाई प्रहरीले जेल हाल्ने तयारी थालेको छ । आफ्नो पदबाट राजिनामा दिएका सिलवाल राजिनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरेपछि हेडक्वाटरले जेल हाल्ने तयारी थालेको बताइएको छ ।
प्रहरी महानिरिक्षक नियुक्तीमा अनियमितता र अन्याय भएको भन्दै दिइएको मुद्धा सर्बोच्च अदालतले खारेज गरी दिएपछि डिआइजी पदबाट राजिनामा दिन पुगेका नवराज सिलवाल राजीनामा स्विकृत नहुँदै नेकपा एमाले प्रवेश गरेका छन् ।
यसरी डिआइजी पदमा बहाल रहँदै पार्टी प्रवेश गरेपछि गृह प्रशासन र प्रहरी प्रधान कार्यालय गम्भीर बनेको छ । अब सिलवाललाई कसरी कारबाही गर्न सकिन्छ भन्ने बिषयलाई लिएर प्रहरी प्रधान कार्यालयले कानूनी परामर्श शुरु गरेको छ ।
उनलाई कीर्ते गरेको मुद्दा पनि अघि बढाउने तयारी हेडक्वार्टरले गरेको छ । यसो हुँदा दोषी ठहरिए उनी जेल पर्न सक्छन् । प्रधान कार्यालयको एक सूत्रले भन्यो, “कसैले कुनै पार्टी प्रवेश गर्देमा कानुनी कारबाहीबाट बच्न सक्दैन् ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्