×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले सात सयभन्दा धेरै टावर जडान गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनसेलले सात सयभन्दा धेरै टावर जडान गर्दै

Artha Sarokar

२० आश्विन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनसेलले ७०० भन्दा बढी टावर जडान गरी चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) प्रदान गरेको छ ।
मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुन)को वित्तीय विवरण अनुसार, एनसेलले जुन महिनाको अन्त्य (असारको मध्य)सम्ममा ६९९ वटा फोरजी टावर जडान गरिसकेको छ ।
कुनै पनि क्षेत्रमा सेवा विस्तार तथा संचालनका निमित्त मोवाइल टावर जडान अत्यावश्यक हुन्छ । यस्ता पूर्वाधारले ग्राहकहरूलाई सञ्चार सेवा प्रदान गर्न उनीहरूको मोवाइललाई फ्रिक्वेन्सीका माध्यामबाट सेवा प्रदायकको नेटवर्कसँग जोड्ने काम गर्दछ ।
टावर निर्माण तथा जडानमा हुने खर्च सेवा प्रदायकहरुको प्रमुख पुँजीगत खर्च तथा लगानीका रुपमा लिइन्छ । ग्राहकलाई द्रुतगतिको मोबाइल इन्टरनेट सेवा प्रदान गर्न एनसेलले फोरजी जेठ १८ बाट संचालनमा ल्याएको थियो ।
प्रथम चरणमा काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लक्षित गर्दै संचालनमा ल्याइएको फोरजी हाल देशको विभिन्न १९ शहरमा प्रदान गर्दै आएको छ । थप सात सय टावर जडान गरेपछि एनसेलले फोर जी सेवालाई अझै बिस्तार गर्ने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी