
नेपाल कम्युनिष्ट पार्टीका एक जिल्लास्तरीय नेतालाई गिरफ्तार गरेको १ घण्टाभित्रै प्रहरीले रिहा गरेको छ ।
नेकपा चितवनका बरिष्ठ जिल्ल्ला सचिवालय सदस्य लक्ष्मी न्यौपाने र जय बहादुर कुवरलाई प्रहरीले सोमबार बिहानै पार्टी कामकाे सिलसिलामा हिडिरहेकाे बेला जिल्लाको टिकौली भन्ने ठाउँबाट गिरफ्तार गरेको थियो ।
प्रहरीले न्यौपानेलाई हिरासतमा राखेको छ भने कुवरलाई तत्काल रिहा गरेको हो । पक्राउ परेका कुवरको कुनै गल्ती नदेखिएकोले उनलार्इ रिहा गर्नु परेकाे रत्ननगरको टाडी प्रहरी चौकीका प्रमुख (डीएसपी) बासुदेव खतिवडाले स्विकार गरे ।
‘दुर्इ जनालार्इ हामीले समातेकाे हाे, सामान्य साेधपुछपछि जय बहादुर कुवरललार्इ हामीले छाेडिसक्याैं, उहाँ पार्टीमा भएपनि त्यस्ताे खालकाे कार्यमा संलग्न भएकाे देखिएन ।’ डीएसपी खतिवडाले इमान्दार मिडियासँग भने ।
तर न्यौपानेबारे चौकीमा उजुरी परेकोले उनको बारेमा थप अनुसन्धान थालिएको उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्