
काठमाडौं – नेपाली कांग्रेसका पूराना तथा प्रभावशाली नेताहरुले पार्टी विभाजित गरेर नेपाली कांग्रेस (विपी) नामक नयाँ पार्टीको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीको विधिवत रुपमा घोषणा भएको उनीहरुले जानकारी गराएका हुन् ।
नेता हरिबोल भट्टराईको नेतृत्वमा नेताहरु क्रमशः पूर्वमन्त्री झलकनाथ वाग्ले, हरिशंकर मिश्र, पूर्वमन्त्री सुशिलमान शेरचन, युवा नेता पुष्प पराजुली र देवेन्द्र पौडेल लगायतका नेताहरु उक्त पार्टीमा आवद्ध छन् ।पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति भट्टराईले नेपाली कांग्रेस विपी विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित हुँदै अघि बढेकोले आफूहरुले विपी विचारलाई स्थापित् गर्ने मूल उद्देश्यका साथ नयाँ पार्टी निर्माण गरेको स्पष्ट पारे ।
उनले भने,‘कांग्रेसले विपीको विचारलाई लात हान्यो, पैसा र शक्तिको लागि जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखायो, त्यसैले हामीले वीपीको विचारलाई स्थापित गर्नको लागि यो पार्टी निर्माण गर्यौं।’
त्यस्तै कार्यक्रममा उक्त पार्टीका उपसभापति झलकनाथ वाग्लेले पार्टी नेता र कार्यकर्ताको अत्यन्तै धेरै अवमुल्यन गर्ने र भुँईफुट्टा वर्गलाई प्रोत्साहन गर्ने गरेकोले आफूहरुले वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उक्त पार्टी निर्माण गरेको विश्वास दिलाए । उनले थपे,‘हाम्रो यो पार्टीले यही विचारका साथ सबै निर्वाचन क्षेत्रमा जानेछौं, र नेपाली जनताले हामीलाई अनुमोदन गर्नुहुनेछ भन्ने विश्वास छ।’ कार्यक्रममा महामन्त्रीद्धय सुशिलमान शेरचन र पुष्प पराजुली, सह–महामन्त्री एवम् प्रवक्ता देवेन्द्र पौडेलले नयाँ पार्टी निर्माणका बारेमा प्रकाश पारेका थिए । उनीहरुले अहिलेको वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन निश्चित नेताहरुलाई निर्वाचित गराउने स्वार्थले मात्रै गठन भएको आरोप लगाएका थिए ।
उक्त पार्टीले २६ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । केन्द्रीय कार्यसमितिमा १. हरिबोल भट्टराई सभापति, २. झलकनाथ वाग्ले , उप सभापति, ३. हरिशंकर मिश्र, उप सभापति, ४. पुष्पराज पराजुली, महामन्त्री, ५.सुशीलमान शेरचन, महामन्त्री, ६.देबेन्द्र, प्रकाश पौडेल प्रवक्ता, ७.दीवबन्धु अर्याल सदस्य, ८ ब्रह्मनारायण चौधरी सदस्य, ९.लोपसांङ लामा सदस्य, १०.कल्पीत पराजुली ११. लोकराज भट्ट सदस्य, १२. माधवप्रसाद लामिछाने सदस्य, १३ राम विलास शाह सदस्य, १४. यज्ञराज भट्ट सदस्य, १५. महेश्वरी यौपाने सदस्य, १६.नरेन्द्र विष्ट सदस्य, १७. चक्रदेव जोशी सदस्य, १८ ऋषभ सापकोटा, सदस्य, १९ गोपाल नारायण भट्टचन सदस्य, २० सरोज लामा सदस्य, २१ रामभक्त भट्टराई सदस्य, २२लक्ष्मी सुनार सदस्य, २३ झपेन्द्र आचार्य सदस्य, २४ पूर्ण वहादुर वि.क सदस्य २५ राजेश कुमार शाही सदस्य, २६ विकास तामाङ्ग सदस्य रहेका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्