
पाल्पा – नेपाली काँग्रेस, पाल्पाले केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
नेपाली काँग्रेस, पाल्पाको मंगलबार बसेको बैठकले केन्द्रीयसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो ।
केन्द्रीय सभामा दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी र समानुपातिकमा सन्दिप रानाको नाम सिफारिस गरेको हो ।
प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ देवराज ढकालको नाम निर्विरोध सिफारिस भएको छ । त्यसैगरी, प्रदेश २ बाट प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजय ढकालको कन्ेद्रमा सिफारिस भएको हो । त्यसैगरी, समानुपातिकतर्फ ज्ञानबहादुर गाहा, नेत्र भट्टराई, रुपा विक, विष्णुकुमारी थापा, डिल्लीराम रेग्मी र कृष्णप्रसाद भट्टराई रहेका छन् ।
त्यसैगरी, केन्द्रीय सभाका लागि क्षेत्र नम्बर २ बाट हरिप्रसाद नेपाल, वीरबहादुर राना, राजनप्रसाद पन्त, डा रामप्रसाद ज्ञवाली र समानुपातिकतर्फ अम्बिका पौडेल, बसन्ती घिमिरे, विधान श्रेष्ठ, शोभा शाक्य, क्रान्ता बोहोरा, सारदा नेपाल, दमिका मियाँलाई सिफारिस गरेको छ ।
प्रदेशका लागि क्षेत्र १ बाट ओमप्रसाद पोखरेल, खडकबहादुर कुँवर, जुद्धबहादुर थापा, ढुङ्गीराज पोखरेल, पदम न्यौपाने, विमल ढकाल, विनोद कार्की, मदन आचार्य, रामचन्द्र पाण्डेय, रामबहादुर कार्की, लक्ष्मण रायमाझी, लक्ष्मण खनाल, शंकर रायमाझी, सीतादेवी पोखरेल, हीराधर आचार्य प्रत्यक्षतर्फ केन्द्रमा नाम सिफारिस गरेको काँग्रेसले जनायो ।
त्यसैगरी, प्रदेश नम्बर २ का लागि प्रत्यक्षतर्फ माधव नेपाल, प्रदीप उदय, यमलाल तिमिल्सेना, रमा पन्त, हिमालदत्त श्रेष्ठ, सुनिता अधिकारी, सरस्वतीप्रसाद बस्याल र रामेश्वर पन्थी रहेका छन् । समानुपातिकतर्फ प्रदेश १ मा सीता नेपाल, लक्ष्मी गहिरे, माया खनाल, अम्मरबहादुर थापा, क्रान्ता अधिकारी, गिरिजा गहिरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी र नलबहादुर राना रहेका छन् ।
त्यसैगरी, प्रदेशसभाका लागि २ नं बाट समानुपातिकतर्फ अजयमान कर्माचार्य, झपेन्द्र गहिरे, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, दलबहादुर राजपुतलगायत २२ जनाको नाम सिफारिस गरेकोे नेपाली काँग्रेस पाल्पाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्