×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालबारे विदेशी गुप्तचरको यस्तो रिपोर्ट, को कमजोर, को बलियो ?

LAXMI SUNRISE BANK

नेपालबारे विदेशी गुप्तचरको यस्तो रिपोर्ट, को कमजोर, को बलियो ?

८ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

के नेपालको वाम तालमेल प्रकरणमा दक्षिण छिमेकी भारतले आफ्नो सूचना संयन्त्र र नेपालस्थित अधिकारीरूबाट केही भूलचुक, सूचना संकलन र विश्लेषणमा त्रुटि भएको निष्कर्ष निकालेको हो ?
यदि यसो होइन भने उसले किन आफ्नो जासुसी संस्थामा व्यापक फेरबदलको निर्णय ग-यो होला ? लण्डनबाट ‘रअ’को स्टेशन सम्हालन सोझैँ नेपाल आएका विवेक जोहरीलाई डेढ वर्ष पनि नबित्दै दिल्ली फ़र्काइदै छ । उनको ठाउँमा अवजित हल्दरलाई पठाउने तयारीमा भारत रहेको स्रोतले बताएको छ ।
उनी ‘रअ’का पूर्वप्रमुख तथा हालका बिजेपी नेता सञ्जय त्रिपाठीका ज्वाइँ हुन् । अटलबिहार बाजपेयीको पालामा प्रधानमन्त्री कार्यालयमा कार्यरत हल्दरले अब नेपालमा भारतीय जासुसी अखडा सम्हाल्ने छन् ।
‘रअ’को दोस्रो वरीयताको जिम्मेवारी सम्हालिरहेका दार्जिलिङे पि छिरिङ जो प्रथम महिला विदेश सचिव रहेकी अ‍ैय्यरको भदाहा हुन् ।
नेपालमा बसेर मधेस मामिला हेर्ने कन्सुलर तथा भिसा चिफ प्रणव गणेशलाई पनि दिल्ली फर्काउन आदेश आइसकेको छ । नेपालमा डिआईजी तहको इन्टेलिजेन्स ब्यूरोको मान्छे बसछन् ।
विभिन्न कभरमा ठूलो संख्यामा उच्चस्तरीय जासुसहरू बिराटनगर तथा वीरगञ्जस्थित कार्यालयहरूमा समेत ‘बसेका छन् । यी कार्यालयहरूमा समेत ‘रअ’ले आफ्नो सेट परिवर्तन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी