×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा रोकियो एकै पटक १४ कम्पनीको सेयर कारोबार, ति कुन कुन कम्पनी हुन् ?

PRIME CA
GLOBAL IME BANK

नेप्सेमा रोकियो एकै पटक १४ कम्पनीको सेयर कारोबार, ति कुन कुन कम्पनी हुन् ?

१ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्जले बुधबार एकै पटक १४ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले यी कम्पनीहरुले वार्षिक सूचीकरण शुल्क नबुझाएका कारण सेयर कारोबारमा रोक लगाएको हो । 
कारोबार रोक्का हुने कम्पनीमा हाम्रो विकास बैंक, सिभिल लघुवित्त, काबेली विकास बैंक र कन्काई विकास बैंक रहेका छन् । यसैगरी, कर्णाली विकास बैंक, नागबेली लघुवित्त, महिला सहयात्रा, ललितपुर फाइनान्स र नेसनल माइक्रोफाइनान्सको पनि कारोबार रोकिएको छ । कुबेर मचेन्ट फाइनान्स, समता माइक्रोफाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर र युनिलिभर नेपालको सेयर कारोबारमा पनि रोक लगाइएको छ । 
सूचीकृत कम्पनीहरुले नेप्सेलाई आफ्नो चुक्ता पुँजीको आधारमा सूचीकरण शुल्क बुझाउनुपर्ने हुन्छ । चुक्ता पुँजी १ करोडसम्म हुने कम्पनीले १५ हजार रुपैयाँ र १ करोडदेखि ५ करोड रुपैयाँसम्म भएका कम्पनीले २५ हजार रुपैयाँ सूचीकरण शुल्क तिर्नुपर्ने हुन्छ । यता, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले ३५ हजार रुपैयाँ र १० करोडदेखि माथि चुक्ता पुँजी भएका कम्पनीले ५० हजार रुपैयाँ सूचीकरण शुल्क बुझाउनुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: