×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकको स्वीफ्ट ‘ह्याक गरी करोडौं पैसा चोरी, के जनताको रकम सुरक्षित छ?

PRIME CA

एनआइसी एशिया बैंकको स्वीफ्ट ‘ह्याक गरी करोडौं पैसा चोरी, के जनताको रकम सुरक्षित छ?

६ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले बनाएको एउटा बैंकबाट अर्काे बैंकमा रकम पठाउने प्रणाली अन्तर्गत नेपालको एनआइसी एसिया बैंकले प्रयोग गरेको स्विफ्ट ह्याक भएको छ । लक्ष्मी पूजाको दिनदेखि बैंकको स्वीफ्ट ह्याक गरेर विदेशमा पैसा पठाइएको छ । केहि दिन यतादेखि बैंकको स्विफ्ट प्रणालीमा समस्या देखिएको थियो । एनआइसी एसिया बैंकबाट स्वीफ्ट ह्याक गरी पैसा पठाएको भन्ने तथ्य पत्ता लागेपनि कति पैसा विदेश पठाइयो भन्ने खुलेको छैन ।
राष्ट्र बैंकले थाल्यो अनुसन्धान, के जनताको पैसा सुरक्षित छ ?
बैंकको स्वीफ्ट ह्याक गरिएको जानकारी एनआइसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई गराईसकेको छ भने राष्ट्र बैंकको एक विशेष टोलीले उक्त ह्याक प्रकरणबारे अनुसन्धान गरिरहेको छ । नेपाल राष्ट्र बैंकको टोली एनआइसी एसियामा पठाएर आइतवार विहानैदेखि अनुसन्धान सुरु गरिएको बताइएको छ । स्वीफ्ट ह्याक गरी करिव ५ करोड रुपैयाँ हिनामिना भएको आशंका राष्ट्र बैंकले गरेको थियो । करोडौं रुपैयाँ पैसा चोरी भएको आशंका पछी राष्ट्र बैंकले आइतबार विभिन्न देशका केन्द्रिय बैंकलाई ह्याकरले ह्याक गरी चोरी गरेको रकम भुक्तानी रोक्न पत्राचार गरेको थियो । ह्याकरले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, हङकङलगायतका देशमा रकम पठाएको राष्ट्र बैंकको टोलीले पत्ता लगाएको छ । ‘करोडौं रुपैयाँ चोरी भएको छ । तर हामीले सम्बन्धित ठाउँमा पत्र पठाईसकेकाले ग्राहकको रकम हिनामिना भने नहुनु पर्ने हो । तर स्वीफ्ट ह्याकचाहिं भएको हो ।’ अनुसन्धानमै खटिएका एक अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।  
बैंक भन्छ, ‘जनताको एक रुपैयाँपनि हिनामिना भएको छैन’
यता बैंकले भने आफ्ना ग्राहकको रकम हिनामिना नभएको स्पष्ट पारेको छ । ‘ बजारमा जसरी एनआइसी एसिया बैंकको रकम चोरियो र करोडौंको नोक्सान भयो भन्ने खबर आएको छ, त्यसमा सत्यता छैन ।’ बैंकका सुचना अधिकारी न्यौपानेले भने, ‘कुनै ग्राहकको खाताको रकम हिनामिना भएको छैन । हाम्रो बैंकले विदेशी बैंकको खातामा राखेको केही पैसामा केही समस्या छ कि भनेर हामीलाई शंका लागेको हो । यस्तो शंका लागेपछि हाम्रो स्वीफ्ट आफैले डाउन गरेर विदेशी विज्ञलाई सहभागी गराएर अनुसन्धान गराइरहेका छौं । आफ्नो नियमित सेवा चलिरहेको बताउंदै बैंकले आफ्ना १३३ वटै शाखा राम्ररी चलेको स्पष्ट पारेको छ । ‘सबै ग्राहक ढुक्क भए हुन्छ । एक रुपैयाँ पनि पैसा हिनामिना भएको छैन ।’ रोशन न्यौपानेले भने ।

यस विषयमा हामीले सोमबारको अपडेट के छ भनेर उनै रोशन न्यौपानेलाई सोध्ने प्रयास गरेका थियौं । तर उनले पटक पटकको प्रयासमा पनि हाम्रो फोन उठाएनन् ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: