- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एनआइसी एसिया क्यापिटलले नयाँ सीइओ पाएको छ । कम्पनीले झनक राज ढुंगेललाई सीइओ पदमा नियुक्त गरेको छ । कम्पनीको ३९औ सञ्चालक समितिको बैठकले ढुंगेललाइ उक्त पदमा नियुक्त गरेको हो । रामच चन्द्र खनालले कम्पनीबाट राजीनामा दिएपछि उनलाई कम्पनीले सीइओ पदमा नियुक्त गरेको हो । खनाल एनआइसी एसिया क्यापिटल छोडेर कुमारी बैंक जाने भएका छन् ।
यसअघि ढुंगेल अरनिको विकास बैंकमा सीइओको रुपमा आबद्ध रहेका थिए । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का सदस्य पनि हुन् । उनी नेपाल अडिटर्स एसोसीएसन (अडान)का केन्द्रीय सदस्य समेत हुन् ।