काठमाडौं – गैरआवासीय नेपाली संघको महधिबेशनमा नक्कली प्रतिनिधि भेटिएका छन् । मतदाता सूचमिा नक्कली प्रतिनिधिको नाम भेटिएपछि अहिले एनआरएनमा निर्वाचन स्थगित गर्न माग गर्दै प्रतिनिधिहरुले हंगामा मच्याएका छन् ।
आठौं महाधिवेशनमा मत खसाल्ने मतदाताहरुको दर्तामा घुसपैठ गरी नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएपछि उनीहरुले हंगामा गरेका हुन् ।
एनआरएन अमेरिकाले स्वीकृत गरी पठाएको अन्तिम सूचीमा नामै नभएका झन्डै ६० जना प्रतिनिधि दर्ता गरेको भेटिएको हो ।
एनआरएन अमेरिकाका अध्यक्ष, आईसीसी केही पदाधिकारी र सचिवालयका एक कर्मचारीको मिलेतोमा अन्य देशका पनि सयौं जना नक्कली प्रतिनिधिको दर्ता गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।
उच्च स्रोतका अनुसार फर्जी सूची दर्ता गरेको अभियोगमा दर्ता प्रक्रियामा संलग्न एक कर्मचारीलाई समेत निलम्बन गरिएको छ । शनिबार दर्तास्थलबाट एकाएक हराएका ती कर्मचारीले होटलको कोठामा गई ल्यापटपबाट नक्कली प्रतिनिधि दर्ता गरेको भेटिएको हो ।
यहि बिषयलाई लिएर एनआरएन अमेरिकाका सदस्य नारायण थापाले निर्वाचन आयोगलाई निवेदन लेखी प्रतिनिधि दर्ता प्रक्रियामा व्यापक घोटाला भएकाले निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गरको बुझिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्