
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा मन्त्रीपरिषदको संख्याबारे यति र उती भनेर उल्लेख नगरिएको दावी गरेका छन्। प्रमुख प्रतिपक्षी केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तारको विषयमा गरेको कडा आलोचनाप्रति इंगित गर्दै देउवाले संसदको रोष्ट्रमबाट आफूले संविधानले दिएको अधिकारलाई उपयोग गरेको दावी गर्न पनि पछि परेनन् ।
‘यो संविधानमा यतिउति भन्ने संख्या दिइएकै छैन। कहाँ भन्या छ यति संख्या भनेर?’ ओलीप्रति कड्किदै देउवाले भने, ‘संक्रमणकालपछि भनिएको छ। संविधानमा दिइएको अधिकार उपयोग गर्न नपाउने प्रधानमन्त्रीले?’ साथै अब माओवादीका मन्त्रीहरु पनि हटाउन सक्ने संकेत गर्दै उनले भने, ‘मन्त्रीको संख्या घट्न पनि सक्छ, दुई चार दिनपछि थाहा पाउनु होला नि तपाईँहरुले।’
प्रधानमन्त्रीले शुक्रबार मन्त्री थप्न गरेको सिफारिशपछि राष्ट्रपतिले शनिबार निर्वाचन आयोगसँग परामर्श गरेकी थिइन्। राष्ट्रपतिलाई आफूले मन्त्री थप्ने कुराको आफ्नो दलले विरोध गर्ने प्रष्ट पारेको ओलीले संसदमा बताएका थिए। प्रधानमन्त्री देउवाले यसको जवाफ दिँदै भने, ‘राष्ट्रपतिजीले जुन संवैधानिक राष्ट्रपतिको भूमिका निर्वाह गर्नुभएको छ, त्यसका लागि म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हिजो राजाको शिर उचालिन्थे, तर उहाँ उचालिँदै उचालिनुभएन। संवैधानिक राष्ट्रपतिको भूमिका अक्षरशः पालना गर्नुभएकोमा हाम्रो पार्टी, स्वयं म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’- एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्