
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीपी मैनाली नेतृत्वको नेकपा माले पार्टीलाई गुड्न नसक्ने गाडीको संज्ञा दिएका छन् । बिहीबार उक्त पार्टीका निवर्तमान सांसदसहित ३ जना पोलिट्ब्युरो सदस्यलाई एमालेका प्रवेश गराउँदै अब गुड्न नसक्ने गाडीबाट एमालेजस्तो तिब्र गतिको गाडीमा चढ्न मैनालीलाई आग्रह गरे ।
‘सीपीजी मेरो पुरानो मित्र हुनुहुन्छ । उहाँले विगतमा कम्युनिष्ट आन्दोलनमा धेरै योगदान दिनुभएको छ। अब भने उहाँले आफूलाई बदल्नुपर्छ’ ओलीले भने ‘सीपीजीको इन्जिन काम लाग्दैन । आधुनिकीकरण गरेको एमालेको गाडी चढ्नुस् ।’
छिटो दौडन नसक्ने र बिग्रिरहने गाडी कसैले नचढ्ने भन्दै उनले एमाले छिटो दौडने र बलियो गाडी भएको भन्दै सबै कम्युनिष्टहरु यतै ध्रुवीकरण हुनुपर्ने बताए ।दल खोल्ने काम खुद्रा पसलजस्तो भएको भन्दै ओलीले राजनीति त मुलुकको विकासका लागि हुनुपर्ने धारणा राखे । अहिले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आएको देखेर यसविरुद्ध भ्रम फैलाउने काम भएको ओलीले बताए ।
‘अहिले पनि अधिनायकवाद आयो भनेर सडकमा चिच्याउनुहुन्छ । त्यो भनेको एमाले नेतृत्वको सरकार बन्ने भयो कम्युनिष्टले जित्ने भए भनेर स्वीकार गरेको हो’ उनले भने ‘त्यो स्वीकार गरेपछि झस्किने तर्किने गर्नु हुनुहुदैन ।’
बिहीबार नेकपा माले निवर्तमान सांसद अइन्द्रसुन्दर नेम्वाङ, प्रदेश नम्बर ७ का इन्चार्ज पोलिट्ब्यूरो सदस्य हिक्मतबहादुर देउवा र वीरेन्द्र थपलिया एमाले प्रवेश गरेका छन् ।एमाले प्रवेश गर्दै देउवाले माले धेरै ढिलो गतिमा गुड्ने रेल भएकाले त्यहाँ बस्न नचाहेको बताए । ‘उहाँ (सीपी मैनाली) सँग हाम्रो पहिलेदेखि नै मतभेद हो । कमरेड सीपी छुकछुके रेलमा कुद्दै हुनुहुन्छ । त्यो रेलबाट गन्तव्यमा पुगिदैन । हामी त्यसमा गुड्न चाहेनौं । कम्युनिष्ट एकतामा आयौं ।’
पोलिट्व्यूरो सदस्य वीरेन्द्र थपलियाले एमाले र माओवादी केन्द्रले सुरु गरेको ध्रुवीकरण प्रक्रियामा आफूहरु पनि सहभागी भएको बताए । महासचिव सीपी मैनालीले अझै एक्लै संघर्ष गर्नुपर्छ भन्ने धारणा राखेकाले उनीसँग विमति गरेर एमालेमा आएको थपलियाले बताए । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्