काठमाडौँ – चुनावी तालमेल गर्ने सहमति गरेका एमाले र माओवादी केन्द्रलाई सिट बाँडफाँड गर्न सकस परेको छ । कुन सिट कहाँ कसरी भागबन्डा गर्ने भन्ने प्रारुप तयार गर्न कार्यदलले अभ्यास गरिरहे पनि निष्कर्ष निस्केको छैन । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरेका थिए । त्यसअनुसार कहाँ कुनले लिने भन्नेमा निर्णय गर्न दुबै दललाई समस्या परेको छ ।
कार्यदलका संयोजक एमाले महासचिव इश्वर पोखरेलले सिट मिलाउने प्रयास जारी रहेको बताए । कार्यदलस्तरको बैठकलाई निष्कर्षमा पुर्याउन पार्टीमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै बैठक सार्न आइतबार माओवादीले प्रस्ताव गरेको थियो ।
सोमबार बस्ने बैठकले सिट बाँडफाँडको खाका ल्याउन सक्ने पोखरेलले जानकारी दिए । बिशेषगरी दुई बिषयलाई आधार मानेर बाँडफाँड गर्ने समझदारी दुई दलबीच छ । तीन दिनभित्र सिट बाँडफाँडको आधार तयार गर्ने भनिएको छ ।
प्रारम्भिक गृहकार्यअनुसार जीत सुनिश्चित हुने उम्मेदवार र क्षेत्र छान्ने तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणाम बिश्लेषण गरेर क्षेत्र छुट्टाइने छ । दुबै दलले बिशेषज्ञसंग समेत छलफल गरी चुनावी मतपरिणामको बिश्लेषण गराइसकेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, स्थानीय तह निर्धारण आयोग अध्यक्ष बालानन्द पौडेल लगायत बिज्ञसंग बसेर मतपरिणामबारे समिक्षा भइसकेको छ ।
प्रत्येक जिल्लामा ६०/४० गर्ने कि कुनै जिल्ला/जिल्ला नै एक अर्कालाई बाडफाँड गर्ने भन्नेमा कार्यदल निष्कर्षमा पुगेको छैन । दुबै दलका शिर्ष नेता बसेर छलफल गरेपछि मात्र यस विषयमा टुंगो लाग्नेछ । एमाले र माओवादीबीच खाका निर्माण नभएका कारण नयाँ शक्तिका प्रतिनिधि शनिबारको छलफलमै गएनन् ।
‘पहिले दुई दलबीच कुरा मिलोस् अनि हाम्रो कुरा गरौला भनेर शनिबारको बैठकमा गइन’, नयाँशक्तिका तर्फबाट कार्यदल सदस्य गंगा श्रेष्ठले भने, ‘हामीले हाम्रो कुरा गरेका छौं, अब उहाँहरुको मिलेपछि संयुक्त छलफलबाट टुंगो लाग्नेछ ।’ नयाँशक्तिले १५ प्रतिशतको हिस्सेदारी खोजेको छ । एमाले र माओवादी भने त्यति सिट दिन तयार छैनन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्