
काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका सम्पूर्ण कार्यक्रममा रोक लगाउनुका साथै निकासा रोक्न निर्देशन दिएको छ ।
आयोगको आइतबार साँझ बसेको बैठकले निर्वाचन आचारसंहिता विपरीत हुने गरी व्यवस्थापिका–संसद्को कार्यकाल समाप्त भएपछि पूर्वसांसदले त्यस्ता कार्यक्रम कार्यान्यवन गर्ने, नयाँ कार्यक्रम छनोट गर्ने, रकम निकासा गर्नेलगायत कार्य गर्न नमिल्ने जनाउँदै ती कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।
“अहिले व्यवस्थापिका–संसद् नरहेको, सांसदहरु सबै भूपू भइसकेको अवस्थामा राज्यले सांसदलाई आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माण सञ्चालन गर्न छुट्याएको रकम र कार्यक्रमको जिम्मेवारी पूर्वसांसदले गर्न नमिल्ने भएकाले ती कार्यक्रममा परेका जति पनि योजना र कार्यक्रम छन् ती सबै रद्द गर्ने निर्णय भएको छ ।’निर्वाचन आयुक्त सुधीरकुमार शाहले भने,
आयोगले सोको अनुगमन गरी कात्तिक १३ गते आयोगमा प्रतिवेदन पठाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्।
आयोगको निर्णयमा भनिएको छ, “आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको निमित्त गत भदौ १४ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण परिपालनामा प्रश्न चिह्न लगाउँदै केही छापा माध्यममा ‘बाँडीचुँडी रु १० अर्ब’ जस्ता शीर्षकमा सामग्री प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।”
नेपाल सरकारबाट निश्चित विधि र प्रक्रिया अवलम्बन गरी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत वहालवाला सांसदहरुबाट कार्यक्रम स्वीकृत भई खर्च हुने व्यवस्था गरिएको विनियोजित रकमका सन्दर्भमा समेत निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम राख्न आयोगले ध्यान दिन आवश्यक देखिएको आयोगबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिम हाल व्यवस्थापिका–संसद्को कार्यकाल समाप्त भइसकेको छ । यसरी व्यवस्थापिका–संसद्को कार्यकाल समाप्त भएपछि तत्कालीन सांसदहरुको सिफारिशबमोजिम सञ्चालन हुने पूर्वाधार क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम स्वतः प्रभावित हुने देखिएको जनाउँदै आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गराई निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता कायम राख्नका लागि सांसदहरुकै पदावधि नरहेको अवस्थामा पूर्व सांसदहरुको नामबाट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि छुट्टाइएको रकम खर्च गर्न नमिल्ने उल्लेख गरेको छ ।
सो कार्यक्रमअनुसारको रकम खर्च नगरी रोक्का राख्ने व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, ७७ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा जिल्ला समन्वय समितिको कार्यालयलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिए ।
साथै, पूर्वसांसदहरुले सिफारिश साथ छनोट गरेका त्यस किसिमका योजना, परियोजना, आयोजना तथा कार्यक्रम कार्यान्वयन नगर्न÷नगराउनका साथै छनोट गरेका सम्पूर्ण योजना रद्द गर्ने तथा उपरोक्त कार्यको अनुगमन गरी योजना रद्द भएको र कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम रोक्का भएको सुनिश्चितता गरी कात्तिक १३ गते सोसम्बन्धी प्रतिवेदन निर्वाचन आयोगमा पठाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्