×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली–प्रचण्डले संसद व्युताउने धम्की दिएपछि देउवा सरकारले दियो यस्तो कडा जवाफ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ओली–प्रचण्डले संसद व्युताउने धम्की दिएपछि देउवा सरकारले दियो यस्तो कडा जवाफ

१० कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बामगठबन्धनका एमाले- माकेले संसद व्युताउने धम्की दिएपछि देउवा सरकारले त्यसको कडा जवाफ दिएको छ । श्रम मन्त्री एवम् नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले संसद व्युताएर देखाउन कम्युनिष्टहरूलार्इ चुनौती दिएका छन् ।
नेपाली रेडियो नेटवर्क सँगको कुराकानीमा मन्त्री मन्सुरले शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार बहुमतमा रहेकोदावी गरेका छन् । ‘कम्युनिष्ट पार्टीहरूले संसद व्युताउँछन् भने व्युताउन् । सरकार अहिले पनि बहुमतमा छ’, उनले भने, ‘कांग्रेसले चिन्ता गर्नुपर्ने अवस्था छैन ।’
सरकार तोकिएको समयमा निर्वाचन गर्ने तयारीका साथ निर्वाचन आयोगलाई सहयोग गरिरहेको मन्त्री मन्सुरले दावी गरेका छन् । उनले भने, ‘संसद व्युतियो भने पनि उनीहरू सत्तामा आउन सक्ने छैनन् । सडकमै रहने छन् ।’ कांग्रेसका नेता समेत रहेका मन्सुरले कम्युनिष्ट पार्टीहरूले हुदै नभएका आरोपहरू लगाएर जनतामा भ्रम छर्ने काम मात्रै गरिरहेको बताए ।
‘चुनावबाट कांग्रेस कुनै पनि हालतमा ब्याक हुँदैन । बरु एमाले–माओवादी डराएका छन् । जनतालाई भ्रम छरेर कम्युनिष्ट अधिनायकवाद ल्याउने तयारी गरेका छन् । यो अधिनायकवादी व्यवस्था ल्याउन उनीहरूको चाहना पूरा हुन दिँदैनौँ ।’उनले भने
सरकारले त निर्वाचन सार्न लागेको छ रे नि केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यही भनेका छन् कुरा के हो ? भन्ने प्रश्नको जवाफमा मन्त्री मन्सुरले सरकारको बारेमा प्रचण्ड र केपी ओलीलाई कसरी थाहा हुन्छ ? भन्दै प्रतिप्रश्न गरेका थिए ।
‘तोकिएको मितिमा निर्वाचन हुन्छ । निर्वाचन त बरु एमाले र माओवादीले चाहेका छैनन् । उनीहरूको गतिविधिले त्यही देखाएको छ । मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजेका छन् ।’ कम्युनिष्टहरूले झुठ मात्रै बोल्ने गरेको भन्दै मन्सुरले भने, ‘केपी ओली र प्रचण्डको झुठ कुरामा लाग्नु हुँदैन । उनीहरूले अर्नगल कुरा गरेर जनतालाई भ्रममा पारेका छन् ।’
माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन नसर्ने बताए । उनले भने, ‘निर्वाचन सर्नु हुँदैन । यदि सरिहाल्यो भने पनि कति समयका लागि हो भन्ने कुरामा भर पर्छ । थोरे समयका लागि हो भने त्यसमा छलफल हुन सक्छ । तर, लामो समय निर्वाचन सार्ने हो भने त्यो सैह्य छैन ।’ उनले त्यस प्रकारका अस्थिरता ल्याउने प्रयास गरिए सरकार नरहिरहने समेत खुलासा गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी