
सरकारले निर्वाचनको मुखैमा निर्वाचन आचार संहितालाई कुल्चदै आफू निकटका ३ सय १० कार्यकर्तालाई राज्यकोषबाट एकै दिन ४ करोड ५८ लाख ५० हजार भन्दा वढि रकम वितरण गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रधानमन्त्री शेर वहादुर देउवा आफैले गृह मन्त्रालय सम्हालेपछि गृह मन्त्रालयकै प्रस्तावमा आफू निकटका कार्यकर्तालाई निर्वाचनको मुखैमा ४ करोड ५८ लाख भन्दा वढि वितरण गर्ने निर्णय गरिएको हो ।
गत ६ कार्तिकमा वसेको मन्त्रिपरिषद् वैठकले गृह मन्त्रालयको प्रस्तावमा ३ सय १०जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार रकम पाउनेमा सत्तासीन दलका कार्यकर्ता तथा उच्च नेता निकटका व्यक्तिहरु रहेका छन् । निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न सो रकम वितरण गरिएको गृह मन्त्रालयकै एक अधिकारीले दावी गरे। रकम कुनै मापदण्ड विना नै हचुवाको आधारमा दिइएको छ ।
रकम पाउनेहरुले ५० हजार देखि १० लाख सम्म पाएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले आर्थिक सहायता वितरणको निर्णय भएपनि त्यसको औपचारिक जानकारी गृह मन्त्रालयमा आउन वाकी नै रहेको जानकारी दिए ।
गरिब विपन्न र पहुच नभएका नागरिकहरु उपचार नपाएर मर्न विवश हुन्छन् तर उनीहरुले भने उपचार खर्च वापत कुनै रकम पाउदैनन तर सोर्सफोर्सधारीहरुले विभिन्न वहानामा राज्यकोषवाट लाखौ रुपैया वुझ्ने गर्छन ।’ गृहका एक अधिकारीले भने ।
बढी रकम पाउनेहरू:
-अर्जुन खड्का, उदयपुर १० लाख
-सुजितकुमार ठाकुर, महोत्तरी ५ लाख
-केदार चौलागाईं, रामेछाप ४ लाख
-विक्रान्त सुवेदी, नवलपरासी ३ लाख
-विन्दु शर्मा, बाँके ३ लाख
-रवि बज्राचार्य, ललितपुर ३ लाख
-रेशमबहादुर कुमाल, गोर्खा ३ लाख
-शान्तमणि देवकोटा, गोरखा ३ लाख
-प्रकाशबहादुर गुरुङ, कास्की ३ लाख
-यशोदादेवी भट्ट, कैलाली ३ लाख
-माधवमणि राजभण्डारी, दोलखा ३ लाख
-तोपनाथ अर्याल, स्याङ्जा २ लाख
-दीपकप्रसाद न्यौपाने, स्याङ्जा २ लाख
-अभिमन्यु जोशी, पर्वत २ लाख
-देवदत्तबहादुर थारू, बारा २ लाख
-अम्बिका शर्मा, बर्दिया २ लाख
-उषारमण शर्मा घिमिरे, दाङ २ लाख
-एकबहादुर मल्ल, म्याग्दी २ लाख
-हेमराज तिमिल्सिना, कैलाली २ लाख
-लक्ष्मी भट्टराई, नवलपरासी २ लाख
-लालबहादुर बोगटी, डडेलधुरा २ लाख
-वीरबहादुर सिंह, कैलाली २ लाख
-वीरेन्द्रबहादुर मल्ल, डडेलधुरा २ लाख
-विष्णुप्रसाद भट्ट, बैतडी २ लाख
-शान्तिकुमारी महत, बझाङ २ लाख
-शान्ति कार्की, मकवानपुर २ लाख
-शारदादेवी भट्ट, कैलाली २ लाख
-शारदादेवी विष्ट, डडेलधुरा २ लाख
-शिवराज पाण्डे, कञ्चनपुर २ लाख
-सुष्मा कार्की, रामेछाप २ लाख
-महेश न्यौपाने, धनकुटा २ लाख
-मानबहादुर ऐर, डडेलधुरा २ लाख
-मीना भट्ट, कञ्चनपुर २ लाख
-मेनुका भण्डारी, विराटनगर २ लाख
-रवीन्द्र सापकोटा, भोजपुर २ लाख
-रोशन अधिकारी, लमजुङ २ लाख
-दीपेन्द्र शाही, बाँके २ लाख
-दिलीप गौतम, अर्घाखाँची २ लाख
-दुर्गाप्रसाद कापडी डडेल्धुरा २ लाख
-देउकीमाया धिताल, गोरखा २ लाख
-देवीकुमारी सेठी, बझाङ २ लाख
-प्रयागराज अवस्थी, डोटी २ लाख
-वसन्तीदेवी भण्डारी, डडेलधुरा २ लाख
-भीमबहादुर शाह, बाजुरा २ लाख
-मंगलीदेवी जोशी, कञ्चनपुर २ लाख
-अम्बिका शर्मा, बर्दिया २ लाख
-इसुफ मियाँ, सुनसरी २ लाख
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्