
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बालकृष्ण ढुंगेललाई निर्वाचनको मुखमा पक्राउ गर्नुलाई गम्भीर षड्यन्त्रको रूपमा अर्थ्याउदै आपत्ति प्रकट गरेको छ। एक सञ्चारमाध्यम सँग कुराकानी गर्दै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले ढुंगेल पक्राउ दुर्भाग्यपूर्ण भएको बताइन्।
‘विस्तृत शान्ति सम्झौताको प्रावधानअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको अवस्थामा उसको क्षेत्राधिकार बाहिर गएर पक्राउ गर्नु दुर्भाग्यपूर्ण छ’, भुषालले भनिन्, ‘निर्वाचनको मुखमा पक्राउ गर्ने व्यवहारले गम्भीर षड्यन्त्रको संकेत गर्छ।’
त्यसैगरी माओवादीका अर्का नेता गोपाल किराँतीले पनि एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका ढुंगेलको जीवनरक्षाको माग गरेका छन्। ढुंगेलको गिरफ्तारीबारे माओवादी नेता किरातीले भने-‘ वालकृष्ण ढुंगेलको जीवनरक्षाको माग गर्दछु ।’
नेपाल प्रहरीको सिआईबीले ढुगेंललाई सातदोबाटोस्थित उनको डेराबाट आज प्रकाउ गरेको हो। पहिलो संविधानसभामा नेकपा माओवादीबाट उनी ओखलढुङ्गा २ बाट सांसद निर्वाचित भएका थिए। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा जन्मकैदको सजाय पाएका उनी लामो समय देखि फरार रहँदै आएका थिए। – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्