
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच मंगलबार अचानक भेट भयो ।
लामो समयपछि भएको उक्त भेटले एकछिन् त् आखा तरातरको अवस्था देखियो तर स्थिति सम्हादै दुवै नेताहरुले सामान्य रुपमा भलाकुसारी गरे । कांग्रेससँग सरकारमा बसेर एमालेसँग चुनावी तालमेल र पार्टी एकताको कसरतमा जुटेका प्रचण्ड र सरकारको नेतृत्व गरिरहेका देउवाबीच पछिल्लो समय केहि तिक्तता देखिएको थियो ।
मंगलबार अचानक जुरेको भेटघाटले मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न दुई नेता बाध्य बने ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा निर्वाचनको तयारीका बारेमा सरकारले गरिरहेको काम कारबाहीका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले तोकिएको मितिमा नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेको स्रोतको भनाई छ ।
त्यतिमात्र होइन माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु विनाविभागीय भएपछिको अवस्थाको बारेमा समेत कुराकानी भएको बताइएको छ ।
प्रचण्डले सरकारका सहभागी आफ्नो पार्टीका मन्त्रीले पद छाडिदिने जानकारी प्रधानमन्त्रीलाई गराए । “सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य हाम्रो छैन, निर्वाचनको सुनिश्चितता नै प्रमुख प्रश्न हो हामी त्यसमा प्रतिबद्ध छौँ”–प्रधानमन्त्रीसँग प्रचण्डसँग भने ।
प्रधानमन्त्रीले निर्वाचनको विषयमा कुनै पनि दुविधा नराख्न प्रचण्डलाई आग्रह गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्