Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले कान्छा ज्वाइँलाई टिकट दिएपछि पार्टीभित्र खैलाबैला मच्चियो

अर्थ सरोकार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्छा ज्वाइँलाई प्रदेशसभाको उम्मेदवार बनाएपछि माओवादी केन्द्र मोरङभित्रको खैलाबैला मच्चिएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ४ मा स्थायी बसोबास भएका आचार्यसित प्रचण्डकी कान्छी छोरीले दोस्रो विवाह गरेकी हुन् । कान्छी छोरीको विवाह यसअघि भारतको पश्चिमबङ्गाल राज्यस्थित सिलिगुडी शहरका नारायण प्रधानसित भएको थियो ।
अहिलेका प्रचण्डका ज्वाइँ जीवन आचार्यको राजनीतिक योगदान र संलग्नतामाथि प्रश्न उठाउँदै कार्यकर्ताहरूले आचार्यले टिकट पाएमा बागी उम्मेदवार बन्नेसम्मको सार्वजनिक घोषणा गरेका छन् ।
आचार्यलाई मोरङ क्षेत्र नम्बर ६ अन्तर्गतको प्रदेश ‘क’–मा प्रत्यक्षतर्फको उम्मेदवारमा माओवादीको मोरङ जिल्ला कमिटीले सिफारिस गरेको हो । प्रचण्डको सेटिङमा नै आचार्यलाई सिफारिस गरिएको कार्यकर्ताहरुले आरोप लगाएका छन् । त्यतिमात्र होइन टिकटका लागि मोरङबाट सिफारिस गर्न प्रचण्ड पत्नी सीता दाहालले समेत ठूलो दवाव रहे]को स्रोतको भनाइ छ ।
यता प्रचण्डले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुखमा विजयी गराएदेखि नै उनको आलोचना सुरु भएको थियो। प्रचण्डकी बुहारी बिना मगरले २०७० को संविधानसभाको निर्वाचनमा कञ्चनपुरबाट टिकट पाएकी थिइन् । बिना अहिले पनि उम्मेदवार सिफारिस भैसकेकी छिन् ।
माओवादी केन्द्रका मोरङ जिल्ला सदस्य विनोद घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यविरूद्ध स्वतन्त्र उम्मेदवारी दिनेसमेत बताएका छन् । चार वर्षअघि सम्बन्ध विच्छेद गरेकी प्रचण्ड पुत्रीले विरागनगरका जीवनसित दोस्रो विवाह गरेकी हुन् । आचार्य केही समय यता कम्प्युटरको व्यवसायमा छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK