- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५६ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५६ हजार ६ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको पनि स्थिर रहेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ५ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ।