- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर ५६ हजार ४ सय मुल्यमा कारोबार भइरहेको छ ।
यस्तै गरि चाँदीको स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुन मूल्य ४८ हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।