- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ५६ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको पनि स्थिर रहेर प्रति तोला ७ सय ७ ५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ४ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ पैसा कायम गरेको छ।