
काठमाडौँ – बाम गठबन्धनका प्रमूख शक्तिहरु नेकपा एमाले र माओवादी केन्द्रले कुनैपनि हालतमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट भाग्ने बाहना नखोज्न प्रधानमन्त्री एबम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको प्रमुख ३ दलको बैठकमा बाम घटकका नेताहरुले देउवालाई चुनावबाट भाग्न खोजेको भन्दै प्रश्न नै गरेका थिए।
तर जवाफमा देउवाले आफू जुनसुकै हालतमा पनि मंसिर १० र २१ गते नै निर्वाचन गराउने पक्षमा रहेको बताएका छन्। चुनावमा भोग्नुपर्ने सम्भावित पराजयदेखि डराएर कांग्रेसले चुनावबाट भाग्ने बाहना खोजिरह्रेको भन्दै नेताहरुले त्यसबाट निम्तिनसक्ने संवैधानिक र राजनीतिक दुर्घटनाबारे देउवालाई सचेत गराउदा देउवाले मंसिर १० र २१ मा निर्धारित निर्वाचन कुनै हालतमा तलमाथि नहुने बताए । उनले पटक पटक चुनाव सार्नेमा शंका नगर्न आग्रह गर्दै निर्धारित मितिमा नै हुने आश्वासन दिएका छन् ।
वामपन्थी नेताहरुले चुनावको मुखमा मन्त्रिपरिषद हेरफेर नगर्न चेतावनी समेत दिएका छन् । नेताहरुले सम्बन्धित दलको सिफारिस बिना मन्त्री हटाउन नपाउने संवैधानिक व्यवस्था रहेको प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।जवाफमा प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता विपरित आफूले कुनै गतिविधि नगर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी एक एमाले नेताले बताएका छन् ।
बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनबारे छलफल भएपनि कुनै सहमति हुन सकेन । सरकारले समान्य बहुमतीय प्रक्रियाबाट राष्ट्रियसभाक चुनाव गर्ने गरी विधेयक ल्याएको छ । तर, सत्तारुढ कांग्रेस नै एकल संक्रमणकालीन आधारमा निर्वाचन गर्नु पर्ने भन्दै विधेयकको विपक्षमा उभिएको छ । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्