
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक अर्थमा छुट्टै विशेषता बोकेको बाम गठबन्धन कुनै ट्याक्टिस नभएको प्रष्ट पारेका छन् । भरतपुरमा प्रेस चौतारी र प्रेस सेन्टर चितवनले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणाम जस्तोसुकै आए तापानी त्यसले बनिसकेको बाम गठबन्धन र पार्टी एकतामा कुनै असर नपर्ने जानकारी दिएका हुन् ।
पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले भन्दै एकता प्रक्रियामा शंका नगर्न अपील गर्दै प्रचण्डले भने,‘देशमा धेरै पार्टी हुनुभन्दा कम पार्टी हुनु देश र जनतको आवश्यकता हो । यो प्रकृयाको शुरुवात हामीले गर्यौं, कांग्रेसमा पनि त्यो प्रक्रिया सुरु भएको छ, यो देश र जनताको हितमा छ ।’
एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने उनको दावी छ । विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्दि्रत तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उनको भनाई थियो । अब निर्वाचन हुँदैन कि भन्ने संशय नरहेको भन्दै प्रचण्डले भने, ‘निर्वाचन आयोगले नै प्रत्यक्षतर्फको मतपत्र दुईवटा छाप्ने भएपछि निर्वाचन नहुने शंका रहेन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्