Skip to content
LAXMI SUNRISE BANK

कमल थापाको एक गल्तिले राप्रपाले प्रभावशाली नेता गुमायो !

अर्थ सरोकार

काठमाडौँ –  राप्रपाका केन्द्रिय नेता एवं कलाकार रविन्द्र खड्काले राप्रपा परित्याग गरेका छन् । बिहिबार पत्रकार सम्मेलन गरेर खड्काले राप्रपा परित्यागको घोषणा गरेका हुन् ।
मसिंर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नम्वर १ मा राप्रपाबाट सर्वसम्वत उम्मेदवार सिफारिस भएका रविन्द्र खड्काले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनीसँगै राप्रपाबाट प्रदेशसभामा प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस भएका शंकरलाल श्रेष्ठ सहित सयौं राप्रपाका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । राप्रपामा लामो समय काम गरेका खड्का हाल राप्रपा निकट चलचित्रकर्मीहरुको छाता संगठनका केन्द्रिय अध्यक्ष समेत हुन् ।
राप्रपा र कांग्रेसबीच चुनावी तालमेल पछि जिल्लामा एक सिट पनि राप्रपालाई नदिने कांग्रेसको निर्णयले खड्का सहितका नेताहरुले राप्रपा परित्यागको घोषणा गरेका हुन् ।
‘पार्टीको नीति, सिद्धान्त र विचारका विरुद्ध चुनावी तालमेल र सहमति पार्टी हित विपरित र कार्यकर्ताको भावना विपरित छ’, नेता खड्काले भने, ‘हामी राष्ट्रबादी दलसँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेतालाई विजयी गराउने छौं । तर, राप्रपा सदाका लागि परित्याग गरेका छौं अब मेरो साथ र समर्थन नेकपा एमालेसँग हुनेछ ।’
कार्यक्रममा उनले भने, ‘राप्रपामा हुँदा मेरो राजनीतिको गुरु भन्नु नै कमल थापा जि हुनुहुन्छ म उहाँलाई सम्मान गर्छु । म राप्रपा निकट रहेका भातृ संगठन राष्ट्रवादी कलाकार मञ्चको केन्द्रिय अध्यक्ष भएर काम गरे तर हाम्रो एजेण्डलाई पार्टी नेतृत्वले समर्थन गरेन त्यही भएर राप्रपा पार्टी परित्याग गरी एमालेलाई समर्थन गरेको हो ।’ – काठमाडौँ टुडे 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK