×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्र शिव राइस मिलबाट राजस्व ठगी !

PRIME CA
GLOBAL IME BANK

चन्द्र शिव राइस मिलबाट राजस्व ठगी !

१० कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

विराटनगर – लामो समयदेखि धान, चामल, तेल, ब्राण्ड र भुसाको कारोबार गर्दै आएको विराटनगर महानगरपालिका (साबिक) वडा नम्बर ४ हाल वडा ३ मा सञ्चालन भएको चन्द्र शिव राइस मिलले गत आर्थिक वर्षभरिमा करिब ३० करोडबराबरको बिक्री देखाएर सबैलाई चकित बनाएको आन्तरिक राजस्व कार्यालय विराटनगर स्रोतले बताएको छ ।
खाद्यान्न उद्योगबाट उत्पादन हुने चामल, खुदी र भुसा समेत उचित मूल्यमा बिक्री हुने गर्दछ । खाद्यान्य उद्योगबाट उत्पादित कुनै पनि वस्तु खेर जाने हुँदैन । तर चन्द्र शिव राइस मिलले वेष्टेज भनी आफ्नो बिक्रीविवरणमा करोडौँ रुपैयाँ देखाएपछि उसको ठगी प्रकरण सार्वजनिक भएको हो ।
चन्द्र शिव राइस मिलले वार्षिक ४० देखि ५० करोड रुपैयाँबराबरको आर्थिक कारोबार गर्ने गरेको दाबी स्रोतले गरेको छ । यसबाहेक यस राइस मिल्सबाट उत्पादन हुँदै आएको तोरीको तेल बिक्री गर्दा बिलबीजक नै जारी नगरीकन चलानका भरमा मोरङका ग्रामीण बजारहरुमा बिक्रीवितरण हुने गरेको दाबी पनि स्रोतको छ । उद्योगहरुले आफूले उद्योगमा उपभोग गरेको बिजुली खपत र भुसा बिक्रीको आधारमा उसको कर निर्धारण हुने गर्दछ । तर चन्द्र शिव राइस मिलले बुझाएको आफ्नो विवरण हेर्दा करोडौँको राजस्व ठगी भएको प्रष्ट हुने स्रोतको दाबी रहेको छ ।
विराटनगरका चर्चित व्यापारी स्व. गंगाविशन राठी र रिजाल परिवारको संयुक्त लगानीमा सञ्चालनमा रहेको चन्द्र शिव राइस मिलमा व्यापारी गंगाविशन राठीको हत्यापश्चात् उनका छोरा नरेश राठीले कारोबार सञ्चालन गरेको बताइएको छ । उद्योगको सञ्चालन र बजारको मागअनुसार यस उद्योगका ब्रान्डको माग अत्यधिक रहेको व्यापारीहरुको भनाइ छ ।
चन्द्र शिव राइस मिलले गत आर्थिक वर्षमा मात्र नौ करोड ७० लाखबराबरको विद्युत् खपत हुने गरेको खुलासा भएको छ । त्यसैगरी उद्योगले चामल उत्पादन गर्दा फालेको धानको भुस स्थानीय मदिरा उत्पादन गर्ने उद्योगले ११ करोड ५४ लाखभन्दा बढी खरिद गरेको दाबी स्रोतले गरेको छ । अत्यन्त नाफामूलक खाद्यान्न उद्योगहरुबाट करोडौँ मूल्य राजस्व ठगी हुँदा समेत सम्बन्धित निकायबाट अनुगमन तथा अडिटमा ध्यान नदिँदा सरकारले ठूलो राजस्वको हिस्सा गुमाउनुपरेको छ । अहिले सरकारको नियमअनुसार चालू आ.व.को वार्षिक छ महिनाको अनुमानित खरिद तथा बिक्री विवरण बुझाउने समय आगामी पुस मसान्त हुने हुँदा यस बेला सञ्चालक नरेश राठीको दौडधूप बढेपछि उक्त राइस मिलबाट ठूलै राजस्व चुहावट हुने गरेको खुलेको छ । यस सम्बन्धमा सञ्चालक नरेश राठीलाई पटक—पटक सम्पर्क राख्दा उनी सम्पर्कमा आउन चाहेनन् । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: