
तनहुँ – नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लडेमा उनको जमानत जफत हुने चेतावनी दिएका छन् ।
बिहीबार दमौलीमा शक्ति प्रदर्शनसहित आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जोशीले तनहूँ क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्तालाई पौडेल विरुद्ध विद्रोहका लागि तयार रहन आग्रह गरे ।
पौडेललाई तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न सल्लाह दिँदै जोशीले भने, ‘यदि उहाँ जवरजस्ती चुनाव लड्नु भयो भने उहाँको जमानत जफत हुन्छ, त्यो अवस्था आउनु भनेका उहाँले आत्महत्या गरे सरह हो ।’
आफूले पौडेललाई आत्महत्या गर्नबाट बचाउनको लागि तनहूँ क्षेत्र नम्बर १ मा चुनाव नलड्न सल्लाह दिएको जोशीको भनाई थियो । तनहुँका जनता पौडेलबाट धेरै लामो समयसम्म ठगिएको भन्दै जोशीले अब जनताको भावना अनुसार नै आफू चुनाव लड्न लागेको बताए ।
आफूलाई पार्टीले टिकट दिए पनि नदिए पनि तनहूँ क्षेत्र नम्बर १ का जनताले टिकट दिइसकेको र उनीहरुकै बलमा चुनाव जित्ने दावी जोशीले गरे ।
पौडेलप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका जोशीले पौडेलले सधैं जालझेलको राजनीति मात्र गरिरहेको बताए ।
२०५१ सालमा तनहूँ क्षेत्र नम्बर १ बाट भागेर २ मा चुनाव लड्न पौडेल गएको र अहिले पुनः क्षेत्र नम्बर १ मा नै फर्किएको भन्दै अब सो क्षेत्रका जनताले पौडेललाई स्वीकार नगर्ने जोशीको भनाई थियो ।
नेपाली कांग्रेस पछिल्लो समय सिद्धान्तहीन भएको भन्दै जोशीले सत्ता प्राप्तिको लागि जोसुकैसँग पनि घाँटी जोड्न कांग्रेस नेतृत्व तयार भएको जोशीको आरोप थियो । – काठमाडौँ टुडे
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्