
आफ्नै वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध सार्वजनिकरुपमा अभिव्यक्ति दिएको भन्दै नेपाली काँग्रेसका तनहुँका नेताहरु अर्का काँग्रेस नेता तथा गोविन्दराज जोशीमाथि खनिएका छन् ।
उनीहरुले बरिष्ठ नेताबिरुद्ध गलत अभिव्यक्ति दिदै आएका पूर्वगृहमन्त्री समेत रहेका जोशीप्रति खेद प्रकट गरेका छन् ।
तनहुँ–१ बाट केन्द्रीय प्रतिनिधिसभाको उम्मेदवार नबनाएको झोकमा जोशीले पौडेलविरुद्ध बागी उम्मेदवार दिने र जमानत जफत गराइदिने चेतावनी दिएका थिए । उनको दाबीविपरीत काँग्रेसले तनहुँ–१ बाट नेता पौडेललाई उम्मेदवार बनाएपछि जोशी आक्रोशित छन् ।
तनहुँका काँग्रेस नेताहरुले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बालुवाटारमा बोलाएर समानुपातिका बस्न आग्रह गरेको र जोशीले उक्त आग्रह अस्वीकार गरेको भन्दै निन्दा गरेका छन् ।
‘बालुवाटरमा प्रधानमन्त्रीले बोलाई विविध कारण देखाउँदै समानुपातिकमा बस्न आग्रह गर्दा जोशीले आफूलाई टिकट दिएमा ‘रुख चिन्ह लिर्इ प्रत्यक्षतर्फ चुनाव लड्ने नत्र आफ्नै चिन्ह लिर्इ लड्छु, यस विषयमा अब मलाई कुनै सम्पर्क नगर्नु होला’ भनि दिएको धृष्टतापूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्नेमा तनहुँ स्थायी घर भएका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, शंकर भण्डारी र प्रदीय पौडेल लगायत छन् । चुनावको मुखैमा आफ्नै स्थानीय नेताहरु आफुबिरुद्ध खनिएपछि जोशी तनावमा परेका छन् ।
कांग्रेसको राष्ट्रिय राजनीतिमा सक्रिय नेता पौडेल कार्यवाहक पूर्व सभापति मात्रै होइनन्, संसदमा सभामुखको भूमिकासमेत निर्वाह गरिसकेका नेता हुन् ।
शिक्षा मन्त्री हुँदा लोकप्रिय काम गरेको भन्दै स्यावासी पाएका जोशी माओवादी द्धन्द्धकालमा गृहमन्त्री भएर होस् वा ५६ सालको आम निर्वाचनमा तनहूँ क्षेत्र नम्बर १ बाट विजयी हुँदा, जोशीका पछाडी लाग्ने जनताको कमी थिएन । जनप्रेमी नेताको छबी बनाएका जोशीले कयौं जिल्लाबासीलाई रोजगारी दिलाएको चर्चा अझै सेलाएको छैन । जोशीकै पालामा विकास निर्माणसँग सम्बन्धित सडक, खानेपानी, विजुली जस्ता क्षेत्रको विकासले राम्रैसँग गति लिएको थियो । जोशी विकासप्रेमी नेताका रुपमा स्थापित भइसकेका थिए ।
तर दुर्भाग्य, सार्वजनिक पदमा रहँदा अकूत सम्पत्ति कमाएको भनेर मुद्दा परेपछि उनको राजनीतिक जीवन धुमिल बन्न पुग्यो । विशेष अदालतले २०६९ साउन १० मा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वमन्त्री जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो । अदालतले उनीसँग बिगो र जरिवाना गरी ४ करोड ३२ लाखसहित डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्