×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपद् जोखीम न्यूनिकरणका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विपद् जोखीम न्यूनिकरणका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा

२० आश्विन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

देशमा वाढि पहिरो, आगलागी, भ्रकम्प जस्ता प्राकृतिक प्रकोपको समयमा नेपाल रेडक्रस सोसाईटीले सधै पिडित तथा संकटासन्न अवस्थामा भएका मानिसहरुको उद्धार गरि राहत वितरण गर्ने र विपद्मा घाइटे भएकाहरुको लागी प्राथमिक स्वास्थ उपचार गरि उनिहरुको उचित व्यवस्थापन गर्ने कार्य गर्दै आएको छ । प्राकृतिक विपद्लाई रोक्न नसकिएतापनि त्यसबाट हुने धनजन तथा मानवीय क्षति कम गराउन सकिने हुँदा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले केही दिन अगाडि मात्र जिल्लास्तरमा रहेका सरोकारवाला निकायहरुलाई जानकारी गराउने उद्देश्यले विपद् जोखीम न्यूनिकरण सम्बन्धि जिल्लास्तरीय कार्यशाला नगरकोटमा सम्पन्न गरेको छ । 
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्धारा बृटिश रेडक्रसको आर्थिक सहयोगमा भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा संचालित उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम अन्तरगत सो कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलालको प्रमुख आतिथ्यता र भक्तपुर जिल्ला शाखाका सभापति एवं केन्द्धीय सदस्य मनोजकुमार थापाको सभापतित्वमा  संचालित उक्त कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल पनि सहभागि हुनुहुन्थ्यो ।
जिल्ला समन्वय समितिका उपसंयाेंजक सरीता कुँवर, चाँगु नारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, सूर्य विनायक नगरपालिकाका  उपप्रमुख जुना बस्नेत, जिल्ला स्थित  राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कार्यक्रम संचालित वडाका वडा अध्यक्षहरु, जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार महासंघ भक्तपुरका सभापति लगायतको  उपस्थिति रहेको सो कार्यशालामा ७५ जनाको सहभागीता थियो ।
रेडक्रसका विपद् व्यवस्थापनका समग्र गतिविधि, भक्तपुर थिमी नगरपालिकमा संचालित उत्थानशील नगर प्रर्वद्रन र सहभागिता कार्यक्रम तथा भूकम्प प्रतिकार्य कार्यक्रमका बारेमा रेडक्रसका मन्त्री परशुराम पाण्डे, जिल्ला कार्यक्रम संयोजक दिनेश थापा र क्षितिज आचार्यले प्रस्तुतीकरण दिनुभएको उक्त कार्यक्रममा  संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयका अधिकृत अमर दिप सुनुवारले विपद् व्यवस्थापनका बारेमा स्थानीय निकायहरु आफ सजग भई वार्षिक योजना बनाई कार्यक्रम गर्नुपर्ने र प्राविधिक सहयोगको लागी वडा तथा नगरपालिका स्तरमा नेपाल रेडक्रस सोसाईटीसंग समन्वय गरी कार्यक्रम  तथा गतिविधहरु संचालन गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वाचित जिल्ला समन्वय समितिका संयोजक तथा उपसंयोजक, रेडक्रसका कार्यक्रम संचालित सूर्य विनायक , चाँगु नारायण र मध्यपुर थिमी नगरपालिकाका प्रमुख ,उपप्रमुख र सम्वन्धित  वडाका वडाध्यक्षहरुलाई नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापा तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सम्मान गर्नुभएको थयो ।
चाँगु नारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले भक्तपुर रेडक्रससंगको सहकार्यमा चाँगुनारायण नगरपालिकाको वडाहरुमा डिजिटल सर्भे गरिरहेको र नगरपालिकास्तरिय विपद् व्यवस्थापन समिति समेत रेडक्रसको सहकार्यमा गठन गरिसकेको स्मरण गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनिकरणका गतिविधिहरु संचालन गर्दा रेडक्रससैग सहकार्य गर्दै अगाडी बढ्ने कुरा बताउनुभएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भक्तपुर रेडक्रसले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण तथा अद्यावधिक गर्ने कार्यमा प्राविधिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले नगरपालिका तथा वडास्तरमा तयार गरिने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंग भएको क्षमताको उपयोग गर्नुहुन उपस्थित  जन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । 
समापन कार्यक्रममा जिल्ला शाखाका सभापति मनोज कुमार थापाले नेपाल रेडक्रस सोसाइटीले परियोजना संचालन गर्नुपूर्व समुदायको संकटासन्नता र क्षमताको विश्लेषण गरी विषयगत र क्षेत्रगत रुपमा आवश्यकताको पहिचान गरी परियोजना संचालन गर्दै आइरहेको कुरा बताउनुभएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी