
भक्तपुर । नेपाल रेडक्रस सोसाइटीले २०७२ सालको भूकम्पपश्चात् छ हजार ६१३ परिवारलाई आवास निर्माणका लागि रु ६७ करोड रकम सहयोग गरेको जनाएको छ ।
शुक्रबार नगरकोटमा आयोजित वार्षिक समीक्षा बैठकमा सो जानकारी दिँदै मुलुकको नयाँ संरचनासँग अनुकूलित गर्दै संस्थाको विधानलाई परिमार्जन गर्ने रेडक्रसले निर्णय गरेको छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय परिदृश्यमा देखिएका नयाँ मानवीय चुनौतीलाई आत्मसात् गरी मानवीय गतिविधिलाई अझ प्रभावकारी बनाउने नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले निर्णय गरेको छ ।
संस्थाका मानवीय सेवा गतिविधिमा स्थानीय तहहरूसँगको सहकार्य बढाउन तथा सामुदायिक सहभागिता बढोत्तरी गर्न नीतिगत आधार तयार गरिने रेडक्रसले जनाएको छ ।
रेडक्रसका अध्यक्ष सञ्जीव थापाले सामुदायिक सहभागिता र स्वयंसेवकको बलबाट नै संस्था सञ्चालित भइरहेकाले समुदायको संलग्नता बढाउन र प्रभावकारी सेवा प्रदान गर्न समीक्षा बैठकले बाटो निर्देश गरेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्